English

बढ्यो अमेरिकी डलरको भाउ



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रूपैयाँ २४ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ३२ पैसा र बिक्रीमा १४० रूपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested