English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा पाइन्छ।

बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९२ रूपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीमा ३० रूपैयाँ ६६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested