अनौठो प्रचलन : केटा खोज्ने २ दिने मेला



आज पनि संसारमा यस्ता धेरै जनजाति छन्, जो आधुनिक युगभन्दा धेरै पछाडि छन् । आज पनि यी मानिसहरू शताब्दी पुरानो अनौठो परम्पराको पालना गरिरहेका छन्। आज हामी तपाईँलाई एउटा यस्तो जनजातिको बारेमा बताउन गइरहेका छौँ, जसको चलन आजको युगको लिभ इन रिलेसनसिप जस्तै छ । यहाँ केटीहरूले आफ्नो मनपर्ने केटा छनोट गरेर विवाह नगरी सँगै बस्छन्। यसपछि बच्चा जन्माएपछि यी मानिसहरू विवाह गर्छन्। यो जनजाति र यसको अनौठो परम्परा बारे जान्नुहोस्।

सन्तान भएपछि बिहे गर्ने

यस जातिको नाम गरासिया जनजाति हो। यो जनजाति भारतस्थित गुजरात र राजस्थानका केही क्षेत्रमा बसोबास गर्दछ। यो जनजातिमा एक हजार वर्षदेखि चलिआएको परम्परा छ । यहाँ पहिले केटा र केटी सँगै बस्छन् र बच्चा जन्माउँछन्, त्यसपछि मात्र विवाहको बारेमा सोच्छन् ।

मेलामा युवतीले साथी रोज्छन्

यस जनजातिमा केटीहरूलाई आफ्नो मनपर्ने जीवनसाथी छनोट गर्ने पूर्ण स्वतन्त्रता छ, यसका लागि २ दिने मेला आयोजना गरिन्छ । यो मेलामा केटीहरू आफ्नो मनपर्ने केटा छानेर उनीसँगै भाग्छन् । केही दिनपछि फर्केर विवाह नगरी सँगै बस्न थाल्छन् । उनीहरूको परिवारलाई पनि यो कुरामा कुनै आपत्ति छैन तर केटाका परिवारले केटीको परिवारलाई केही पैसा पनि दिन्छन् । यति मात्र होइन, दम्पतीलाई विवाहका लागि कुनै दबाब दिइँदैन र उनीहरूले यस सम्बन्धबाट सन्तान पनि जन्माउँछन् । सन्तान नजन्मुन्जेल बिहेको बारेमा सोच्दैनन् तर सन्तान भइसकेपछि पनि बिहे गर्ने कि नगर्ने भन्ने कुरा उनीहरूको हो ।

केटीहरूले दोस्रो पार्टनर पनि रोज्न सक्छन्

एउटै केटासँग पूरा जीवन बिताउन केटीहरूलाई कुनै दबाब छैन। केटीहरूले चाहेमा आफ्नो लागि अर्को पार्टनर पनि रोज्न सक्छन् । पुरानो पार्टनरको तुलनामा नयाँ पार्टनरले बढी पैसा तिर्नुपर्ने भए पनि केटी उनीसँगै जान पाउँछन् । यहाँ धेरैले बुढेसकालमा बिहे गर्छन् । अर्कोतर्फ, केही दम्पतीहरू विवाह बिना नै एक अर्कासँग जीवन बिताउँछन्।

यो पनि…
आदिवासी जनजातिको अनौठो परम्परा
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको