यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रैङ्क, अष्ट्रेलियन डलरलगायतको भाउ बढेको छ।

बिहिबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो।

यस्तै युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ। यसअघि बुधबार पाउण्डको खरिददर १६१ रूपैयाँ ५ पैसा र विक्रीदर १६१ रूपैयाँ ७९ पैसा थियो।

यसैगरी स्वीस फ्रयाङ्क १ को खरिददर १४२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४० पैसा छ। बुधबार स्वीस फ्रयाङ्कको खरिददर १४० रूपैया ८४ पैसा र बिक्रीदर १४१ रूपैयाँ ४९ पैसा थियो।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ