यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

यस्तै आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ। आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ। बुधबार यसको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।

बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ

‘मेरो घरमा तीन जना सदस्य बौद्धिक अपाङ्ग छन् । मैले धूप, अचार बनाएर घरबाट नै एक–दुई सयको बेच्ने गरेकी छु

सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले घटेर एक हजार नौ सय ३३.३१