आर्टमाण्डूको म्युजिकल फिल्म ‘चन्द्रमा’
आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक भएकोछ। ‘तीनपाते’, ‘के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानको उक्त गीत आर्टमाण्डूको युट्युब च्यानलमा हेर्न सकिन्छ।

सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। ‘चन्द्रमा (आँखी झ्यालमै’ गीतमा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। उक्त गीतको भिडियोमा सबिन कार्की (बिस्ट), मल्लिका महतका साथै सनाया लिम्बुले अभिनय गरेका छन्।

म्युजिकल फिल्ममा सुटिङका बिच घट्ने रमाइला घटनाका सन्दर्भहरू छन्। सुटिङ हेर्न आउने स्थानीय, केटाकेटीका रमाइला किस्सा कथामा प्रस्तुत गरिएको छ।

यस म्युजिकल फिल्ममार्फत् चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म ‘द रोड होम’ लाई ट्रीब्युट दिएको निर्देशक चौहानले बताए। चौहानकै कथामा बनेको म्युजिकल फिल्मलाई युट्युबमा दर्शकले मन पराएका छन्।

यो पनि…
फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी
Borunsurn
Please see Growth Hormone for more info Since it is the conversion of GH into IGF 1 and other growth factors we were most interested in, an androgen that also promotes IGF 1 production seemed an obvious choice in a Blitz Cycle brand name cialis online