English

फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक (फोटो फिचर)



अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ ।

करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको स्वर र सुरेश वाग्लेको शब्द रहेको छ । एकल महिलाको संवेदना, छटपटी र खुसीको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ । फिल्ममा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा छन् ।

नीर शाह, बसुन्धरा भुसाल, सरोज खनाल समेत गीतमा चित्रण छन् । लिरिकल शैलीमा बनाइएको भिडियोले फिल्म ‘बगान’को कथावस्तु, पात्रको मनोदशा र द्वन्द्वलाई चित्रण गरेको छ ।

अभिनेताको रुपमा स्थापित सरोजले यही फिल्मबाट निर्देशन थालेका छन् । सुरेश वाग्ले निर्माता रहेको फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन ।

यो पनि…
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी
अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म



...
Binance代码

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. Binance推荐

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested