यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



बुधबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३१ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ९२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५६ पैसा पाइन्छ।

मंगलबार युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९८ रुपैयाँ १६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ९० पैसा र बिक्रीमा ३० रुपैयाँ ४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३९ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ