यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २८ पैसा थियो भने बिक्रीदर १३२ रूपैयाँ ८८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७४ पैसा घटेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ७० पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ८२ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५८ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ