सेयर बजारमा गिरावट
बुधबार सेयर बजार ५.८९ अंकले घटेको छ। आज नेप्से ०.३१ प्रतिशतले घटेर १८६७.२२ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँमा झरेको छ।
आज २५२ वटा धितोपत्रको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको छ। बुधबार आधिखोला लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्यमा सर्किट लेभलमा बढेको छ।
आधिखोला लघुवित्तको सेयर मूल्य १० र श्रृजनशिल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार ६५७ रुपैयाँ ७० पैसा र एक हजार ९६ रुपैयाँ २० पैसा कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा पञ्चकन्या माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १७६ रुपैयाँ २० पैसामा झरेको छ।
त्यस्तै, दोस्रोमा गुडबील फाइनान्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ३.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२३ रुपैयाँ २० पैसा कायम भएको छ।
बुधबार सर्वाधिक सेयर खरिद–बिक्री एनआईसी एशिया बैंकको भएको छ। आज उक्त कम्पनीको ६६७ रुपैयाँमा ३० पैसामा ११ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८०७ रुपैयाँमा ३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.२७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से घटेको हो।
आज वित्त समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ। त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक १.३९ प्रतिशतले घटेको हो।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










create a binance account
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/sl/register?ref=I3OM7SCZ