सेयर बजारमा दोहोरो अंकको वृद्धि



मंगलबार सेयर बजार १४.२२ अंकले बढेको छ। आज नेप्से ०.७६ प्रतिशतले बढेर १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ पुगेको छ। आज २५७ वटा धितोपत्रको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार आधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। आधिखोला लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार ५०७ रुपैयाँ र ९९६ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, धैलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०० रुपैयाँ २० पैसा पुगेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा सनराइज ब्युचिप फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ४.६७ प्रतिशतले घटेर इकाइ मूल्य ७ रुपैयाँ १५ पैसामा झरेको छ।

त्यस्तै, दोस्रोमा गरिमा डिबेञ्चर २०८५ रहेको छ। उक्त डिबेञ्चरको मूल्य ३.९४ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८०१ रुपैयाँ १० पैसा कायम भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ। आज उक्त कम्पनीको ९३१ रुपैयाँमा ६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिभिल बैंक रहेकोे छ। उक्त कम्पनीको २१८ रुपैयाँ ७० पैसामा ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ।

त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक २.३१ प्रतिशतले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन