English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



मंगलबार सेयर बजार १४.२२ अंकले बढेको छ। आज नेप्से ०.७६ प्रतिशतले बढेर १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ पुगेको छ। आज २५७ वटा धितोपत्रको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार आधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। आधिखोला लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार ५०७ रुपैयाँ र ९९६ रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै, धैलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०० रुपैयाँ २० पैसा पुगेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा सनराइज ब्युचिप फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ४.६७ प्रतिशतले घटेर इकाइ मूल्य ७ रुपैयाँ १५ पैसामा झरेको छ।

त्यस्तै, दोस्रोमा गरिमा डिबेञ्चर २०८५ रहेको छ। उक्त डिबेञ्चरको मूल्य ३.९४ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८०१ रुपैयाँ १० पैसा कायम भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ। आज उक्त कम्पनीको ९३१ रुपैयाँमा ६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिभिल बैंक रहेकोे छ। उक्त कम्पनीको २१८ रुपैयाँ ७० पैसामा ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ।

त्यस्तै, दोस्रोमा अन्य समूहको परिसूचक २.३१ प्रतिशतले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance konto skapande

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested