English

झिनो अंकले बढ‍्यो सेयर बजार



सेयर बजार झिनो अंकले बढेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

आइतबार १ अर्ब १५ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक २७.५४ अंकले घटेको थियो। आज २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भयो।

एउटा मात्रै कम्पनीको सेयर १० प्रतिशतले बढ्‍यो। धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। खप्तड लघुवित्त वित्तीयको ६.०८ प्रतिशतले बढ्यो।

आज कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्‍भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो,म्चुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र अदर्शको सूचक सकारात्मक देखिएको हो।

यस्तै बैंकिङ, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूह सूचक भने ओरालो लागेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested