सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबार १४.४८ अंकले घटेको बजार आज २७.५४ अंकले घटेको हो। आइतबार नेप्से १.४६ प्रतिशतले घटेर १८५५.०६ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ पुगेको छ।

आज २५० वटा धितोपत्रको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ। आइतबार इष्टर्न हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २८७ रुपैयाँ ४० पैसा कायम भएको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको इकाइ मूल्य ९.३५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ४२ पैसा पुगेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रपावर र रुरु जलविद्युत परियोजना रहेको छ। दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य क्रमशः २१८ रुपैयाँ ७० पैसा र ७३५ रुपैयाँ ४० पैसामा झरेको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री कृषि विकास बैंकको भएको छ। आज उक्त कम्पनीको ३०६ रुपैयाँमा ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशतले घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ४५० रुपैयाँमा ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ।

त्यस्तै, अन्य समूहको परिसूचक २.१९ प्रतिशत, विकास बैंक समूहको परिसूचक २.०६ प्रतिशत र जलविद्युत समूहको परिसूचक २.०४ प्रतिशत प्रतिशतले घटेको छ।

यस्तै, विकास बैंक, लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा धरैले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने