दोहोरो अंकले घट्यो सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। गत दुई कारोबार दिन अर्थात् मंगलबार र बुधबार २ अंकका दरले घटेको बजार आज भने १४.४८ अंकले घटेको छ। बिहीबार नेप्से ०.७६ प्रतिशतले घटेर १८८२.६० बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ पुगेको छ। आज २५४ वटा धितोपत्रको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच भएको छ।
बिहीबार रुरु जलविद्युत र इष्टर्न हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। रुरु जलविद्युतको सेयर मूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१७ रुपैयाँ १० पैसा कायम भएको छ। त्यस्तै, इष्टर्न हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६१ रुपैयाँ ३० पैसा पुगेको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४३ रुपैयाँमा झरेको छ। त्यस्तै, नबिल ब्यालेन्सड् फण्डको इकाइ मूल्य ७.२३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५७ पैसामा बन्द भएको छ।
बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री एनसिसी बैंकको संस्थापक सेयरको भएको छ। आज उक्त कम्पनीको ११९ रुपैयाँ ३८ पैसामा २२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५२० रुपैयाँमा ९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.२८ प्रतिशत, अन्य समूहको परिसूचक १.१५ प्रतिशत, जीवन बीमा समूहको परिसूचक १.११ प्रतिशत, जलविद्युत समूहको परिसूचक १.०६ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतका दरले घटेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










najboljsa koda za napotitev na binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.bh/es-LA/register-person?ref=VDVEQ78S