English

सेयर बजारमा उतारचढाव



बुधबार उच्च उतारचढाव देखिए पनि सेयर बजार परिसूचक नेप्सेले १९ सय विन्दु पार गर्न सकेन। अन्तरदिनको कारोबारमा नेप्से परिसूचक पटक पटक १९ सय विन्दु माथि पुगे पनि बजारको वृद्धि टिक्न सकेन।

अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा २.६२ अंकले घटेर १८९७ विन्दुमा आएको छ। यस दिन कारोबार रकममा समेत कमि आएको छ। अघिल्लो दिन ७७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार मात्रै ७२ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

आज सिवाइसी नेपाल लघुवित्त र इस्र्टन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरमा बढेको छ। पिपल्स हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतको दरमा नै घटेको छ।

त्यस्तै वित्त, होटेल एण्ड टुरिज्म, जलविद्युत्, लगानी र उत्पादनमुलक समूहको परिसूचक मात्रै वृद्धि भएका छन्। कारोबारमा आएक दुई सय ४६ वटा धितोपत्र तथा ऋणपत्रमा ९७ वटाको मूल्य बढेको छ भने एक सय २५ वटाको मूल्य घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,