English

डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड



आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसा घटेको हो।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १३९ रुपैयाँ २९ पैसा पाइन्छ। युरोको भाउ अघिल्लो दिनको तुलनामा ५५ पैसा बढेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ८९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८९ रुपैयाँ २० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८२ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३० रुपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ९९ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको