English

अमेरिकी डलरको भाउ स्थिर



नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। बिहीबार र शुक्रबार लगातार घटेको डलरको भाउ आज भने स्थिर रहेको हो।

आइतबारअमेरिकी डलरएकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३० रुपैयाँ ४२ पैसा कायम गरिएको छ। शनिबार पनि डलर सोही मूल्यमा किनबेच भएको थियो।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १३७ रुपैयाँ १८ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९७ रुपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ५९ पैसा र बिक्रीमा २९ रुपैयाँ ७२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित