लकडाउनले डिप्रेसनका बिरामी बढ्दै, कसरी बच्ने ?

डिप्रेसनका कारण र बच्ने उपाय


सिन्धुपाल्चोकका सुवास तामाङ (नाम परिवर्तन) गत वर्ष जापानबाट नेपाल आए । उनी आएको केही दिनमै नेपालमा कोभिड–१९ का कारण लकडाउन सुरु भयो । उनी जापान फर्किन पाएनन्, त्यही विषयले उनलाई तनाव दिन थाल्यो । धेरै तनावले एकान्तमा बस्ने, टोलाइरहने जस्ता लक्षण उनमा देखिन थाल्यो । आफूलाई मन लागेको काम गर्न सकिएन, अब बाँचेर केही अर्थ छैन भन्ने भाव उब्जिन थाल्यो ।

सुवासलाई जिन्दगीदेखि नै धिक्कार महशुस हुन थाल्यो । मरेपछि आनन्द हुन्छ भन्ने ख्यालले उनले निद्राको हाइडोज औषधि सेवन गरेर आत्महत्याको प्रयास गरे । औषधीले खासै असर नगरेपछि भोलिपल्ट फेरि अघिल्लो दिनभन्दा धेरै मात्रामा औषधि सेवन गरे । केहीबेरमै उनी छटपटिन थाले । त्यसपछि परिवारका सदस्यले हतार–हतार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याए । त्यहाँ मनोचिकित्सक डा. सगुनबल्लभ पन्तले सबै कुरा बुझ्दा उनी डिप्रेसनको सिकार भएको पत्ता लाग्यो ।

कोभिड–१९ का कारण लकडाउन सुरु भयो । उनी जापान फर्किन पाएनन्, त्यही विषयले उनलाई तनाव दिन थाल्यो । धेरै तनावले एकान्तमा बस्ने, टोलाइरहने जस्ता लक्षण उनमा देखिन थाल्यो ।

काठमाडौंकी १८ वर्षिय सरिता श्रेष्ठ (नाम परिवर्तन) लाई ६ महिना अघिदेखि उनलाई पढाईमा अरुचि, साथीहरूसँग भेट्न मन नलाग्ने भयो । बिस्तारै परिवारसँग पनि घुलमिल नहुने तथा एकान्तमामात्र बस्न रुचाउने, कसैसँग कुराकानी नगर्ने जस्ता व्यवहार उनमा देखिन थाल्यो । यो रोग हो भन्ने न त उनको परिवारले बुझ्यो न त उनलाई थाहा हुन सक्यो । एकदिन उनी एक्कासी बेहोस भइन् । अचेत अवस्थामै उनलाई शिक्षण अस्पताल ल्याइयो । उनको शरीर नै नचल्ने अवस्थामा पुगेको थियो । आँखा खोली रहने, खाना नखाने, दिशा पिसाब ओछ्यानमै गर्ने अवस्थामा थिइन् । उनको त्यो अवस्थालाई क्याटटोनिया भनिन्छ । डा. पन्तका अनुसार क्याटटोनिया कडा खालको डिप्रेसनमा पर्छ ।

डिप्रेसनको बिरामी बढ्दो

यी दुइ त प्रतिनिधिमुलक घटनामात्र हुन् । नेपालमा पछिल्लो समय डिप्रेसनको बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । गत वर्षको लकडाउनमा काम गुमाउँदा धेरैलाई डिप्रेसन भयो । कामको मेलो विस्तारै पाइला टेक्दै गरेको अवस्थामा यस वर्ष पनि लकडाउन सुरु भएपछि डिप्रेसनमा जानेहरूको संख्या अझ बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

कुन उमेर समूहमा यो रोग बढी देखिन्छ ? भन्ने प्रश्नमा डा. पन्त भन्छन्, ‘डिप्रेसन जुन कुनै उमेर समूहको व्यत्तिःलाई पनि हुन सक्छ । १५ देखि ३० वर्षको किशोर तथा युवामा भने यो रोग अन्यको तुलनामा अलि बढी हुन्छ ।’ डा. पन्तको सम्पर्कमा ८, ९ वर्षदेखि ९० वर्ष कटिसकेका डिप्रेसनका बिरामीहरू छन् ।

गत वर्षको लकडाउनमा काम गुमाउँदा धेरैलाई डिप्रेसन भयो । कामको मेलो विस्तारै पाइला टेक्दै गरेको अवस्थामा यस वर्ष पनि लकडाउन सुरु भएपछि डिप्रेसनमा जानेहरूको संख्या अझ बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

मानसिक अस्पताल, लगनखेलमा डिप्रेसन बिरामीको संख्या हेर्ने हो भने आर्थिक वर्ष २०७४/०७५ को तथ्याङ्कअनुसार २ सय ७८ महिला र २ सय ४७ पुरुष रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ८४ महिला र ४ सय ५९ पुरुष डिप्रेसनको सिकार भएका छन् भने २०७६/०७७ को तथ्याङ्कअनुसार १ हजार १ सय २९ महिला र ९ सय पुरुष रहेका छन् । ०७७ साउनदेखि चैत सम्मको तथ्याङ्कले भने ८ सय ९७ महिला र ९ सय ३५ पुरुष डिप्रेसनको बिरामीले उपचार लिएको देखिन्छ । त्यसो त यो आर्थिक वर्षको तथ्यांकलाई हेर्दा डिप्रेसनका बिरामीको ग्राफ उकालो लागिरहेको मानसिक अस्पतालका बरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी बताउँछन् ।

डिप्रेसनको कारण ?

डा. अधिकारीका अनुसार सामान्यतया डिप्रेसन हुनुको कारण यही हो भन्ने छैन । तर डिप्रेसनलाई प्रभाव पार्ने तथा बढावा दिने कारण भने निम्न छन्ः

बंशाणुगत

डिप्रेसन हुनु बंशाणुगत प्रमुख कारण हो । यदि परिवारको कुनै पनि सदस्य जस्तै हजुरबा–हजुरआमा, बुबा–आमा अथवा यो भन्दा पनि अघिको पुस्तालाई कुनै समयमा डिप्रेसन भएको थियो भने अहिलेको पुस्तामा डिप्रेसन हुन सक्छ ।

जीवनमा घटेका केही गम्भीर घटना वा कुनै निश्चित कुराको कारणले आएको तनाव स्थायी रुपमा लामो समयसम्म रही रहनु, बेरोजगारी, रोग लाग्नु, परीक्षामा फेल हुनु, प्रेममा वियोग हुनु, प्रिय मान्छे गुमाउनु जस्ता कुराले पनि डिप्रेसन निम्त्याउन सक्छ ।

गम्भीर घटना

जीवनमा घटेका केही गम्भीर घटना वा कुनै निश्चित कुराको कारणले आएको तनाव स्थायी रुपमा लामो समयसम्म रही रहनु, बेरोजगारी, रोग लाग्नु, परीक्षामा फेल हुनु, प्रेममा वियोग हुनु, प्रिय मान्छे गुमाउनु जस्ता कुराले पनि डिप्रेसन निम्त्याउन सक्छ ।

डिप्रेसनको लक्षण

– धेरैजसो समयमा उदास, दुःखी र दिक्दार रहनु
– दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु
– केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु
– आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु
– सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु
– बाँच्ने चाहना कम भई आत्महत्याको विचार आउनु
– कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षणहरू देखिनु

डिप्रेसनलाई पहिलो चरणमा काउन्सिलिङ अर्थात मनोपरामर्शबाट मात्र पनि उपचार गर्न सकिन्छ । डा. अधिकारीका अनुसार त्यसपछिका अवस्थामा भने औषधी प्रयोग गर्नुपर्ने हुन्छ ।

डिप्रेसनबाट बच्ने उपाय

– लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।
– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
– मनोरोगलाई भयानक रूपमा लिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

डिप्रेसनको उपचार

डिप्रेसनलाई पहिलो चरणमा काउन्सिलिङ अर्थात मनोपरामर्शबाट मात्र पनि उपचार गर्न सकिन्छ । डा. अधिकारीका अनुसार त्यसपछिका अवस्थामा भने औषधी प्रयोग गर्नुपर्ने हुन्छ । केही समय औषधी प्रयोगपछि डाक्टरको सल्लाह अनुसार छोड्न सकिन्छ । कहिलेकाही औषधीको साइड इफेक्ट पनि हुन सक्छ । विशेषज्ञ चिकित्सकको सहयोग र सल्लाह लिएर उपचार गर्दा यो समस्याबाट मुक्त हुन सकिन्छ । यसको समयमा उपचार गरिएन भने पीडित ब्यक्तिले आत्महत्याको बाटो रोज्ने सम्भावना प्रवल हुन्छ । त्यसैले, डिप्रेसनको उपचार समयमा नै गराउनु अत्यन्त जरुरी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सेक्सको विषयमा व्यक्तिहरूमा धेरैलाई उत्सुकता हुन्छ । केही व्यक्तिहरूले यौनलाई मनोरञ्जनको साधनको रूपमा लिन्छन् भने केहीले बच्चा जन्माउन यौनलाई अत्यन्तै

कोरोनाको दोस्रो लहरमा बालकदेखि वृद्धासम्मलाई संक्रमण फैलिएको छ । यसबाट शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोरोना संक्रकित भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३