English

९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि



फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन खास रहेन । उनले म्यानचेस्टर युनाइटेडमा नियमित मौका पाइरहेका छैनन् । गत अक्टोबरमा टोटनह्याम हटस्पर विरुद्धको सुरुआती ११ मा उनको नाम थिएन। यस बाहेक उनलाई खेलका क्रममा कुनै खेलाडीको स्थानमा खेल्न पनि पठाइएको थिएन । यसले उनलाई रिस उठिरहेको थियो ।

रोनाल्डोले रिसमा यस्तो काम गरे, जुन उनीबाट कसैले पनि सोचेकै थिएनन् । खेलमा ९० मिनेट पूरा हुनुअघि नै उनी ड्रेसिङ रुममा पसे । नियम अनुसार कुनै पनि खेलाडीले म्याचको समयमा अफिसियल्ली जानकारी दिएर मात्र ड्रेसिङ रुममा जान पाउनेछन् । रोनाल्डोले त्यस्तो केही गरेनन् । उनी रिसाउँदै सिधै ड्रेसिङ रुमतिर लागे ।

घरेलु मैदानमा न्युक्यासल युनाइटेड विरुद्धको अन्तिम खेलमा रोनाल्डो सुरुवाती ११ मा थिए। प्रबन्धक एरिक टेन हुगले टोटनह्याम विरुद्धको टोलीमा उनलाई छनोट गरेनन्। रोनाल्डोको यस्तो व्यवहारलाई लिएर म्यानेजर एरिक टेन हुगले त्यही दिन उनीसँग कुरा गरेनन् । त्यसको एक दिनपछि उनले रोनाल्डोसँग कुरा गरेका थिए ।

तर, रोनाल्डो नखेल्दा पनि म्यान्चेस्टर युनाइटेडले सहजै जित निकाल्यो । उसले टोटनह्यामलाई २–० ले हरायो । युनाइटेडका लागि यो खेलमा फ्रेड र ब्रुनो फर्नान्डिसले गोल गरे । मध्यान्तरसम्म दुवै टोली ०–० गोलको बराबरीमा थिए । खेलको ४७ औँ मिनेटमा फ्रेडले पहिलो गोल गरेका थिए । त्यसपछि ६९ औँ मिनेटमा फर्नान्डिसले दोस्रो गोल गर्दै टोलीलाई खेलमा निर्णायक अग्रता दिलाएका थिए ।

यो पनि…
फिफा विश्वकप २०२२ : जसले मास्क लगाएर फुटबल खेले
फुटबल म्याचमा एक युवाले उडाए कागजको विमान



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested