English

९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि



फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन खास रहेन । उनले म्यानचेस्टर युनाइटेडमा नियमित मौका पाइरहेका छैनन् । गत अक्टोबरमा टोटनह्याम हटस्पर विरुद्धको सुरुआती ११ मा उनको नाम थिएन। यस बाहेक उनलाई खेलका क्रममा कुनै खेलाडीको स्थानमा खेल्न पनि पठाइएको थिएन । यसले उनलाई रिस उठिरहेको थियो ।

रोनाल्डोले रिसमा यस्तो काम गरे, जुन उनीबाट कसैले पनि सोचेकै थिएनन् । खेलमा ९० मिनेट पूरा हुनुअघि नै उनी ड्रेसिङ रुममा पसे । नियम अनुसार कुनै पनि खेलाडीले म्याचको समयमा अफिसियल्ली जानकारी दिएर मात्र ड्रेसिङ रुममा जान पाउनेछन् । रोनाल्डोले त्यस्तो केही गरेनन् । उनी रिसाउँदै सिधै ड्रेसिङ रुमतिर लागे ।

घरेलु मैदानमा न्युक्यासल युनाइटेड विरुद्धको अन्तिम खेलमा रोनाल्डो सुरुवाती ११ मा थिए। प्रबन्धक एरिक टेन हुगले टोटनह्याम विरुद्धको टोलीमा उनलाई छनोट गरेनन्। रोनाल्डोको यस्तो व्यवहारलाई लिएर म्यानेजर एरिक टेन हुगले त्यही दिन उनीसँग कुरा गरेनन् । त्यसको एक दिनपछि उनले रोनाल्डोसँग कुरा गरेका थिए ।

तर, रोनाल्डो नखेल्दा पनि म्यान्चेस्टर युनाइटेडले सहजै जित निकाल्यो । उसले टोटनह्यामलाई २–० ले हरायो । युनाइटेडका लागि यो खेलमा फ्रेड र ब्रुनो फर्नान्डिसले गोल गरे । मध्यान्तरसम्म दुवै टोली ०–० गोलको बराबरीमा थिए । खेलको ४७ औँ मिनेटमा फ्रेडले पहिलो गोल गरेका थिए । त्यसपछि ६९ औँ मिनेटमा फर्नान्डिसले दोस्रो गोल गर्दै टोलीलाई खेलमा निर्णायक अग्रता दिलाएका थिए ।

यो पनि…
फिफा विश्वकप २०२२ : जसले मास्क लगाएर फुटबल खेले
फुटबल म्याचमा एक युवाले उडाए कागजको विमान



...
skapa ett binance-konto

Your article helped me a lot, is there any more related content? Thanks!

...
Anm"al dig f"or att fa 100 USDT

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. skapa binance-konto

...
binance Registrácia

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested