English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ३७ पैसा र बिक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३५ रुपैयाँ ३७ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५६ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,