English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ३७ पैसा र बिक्रीदर १३० रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ६५ पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ २५ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा १३४ रुपैयाँ ५३ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४७ पैसा र बिक्रीमा २८ रुपैयाँ ६० पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ १० पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती