English

घट्यो अमेरिकी डलरको भाउ



नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

मंगलबारको तुलनामा आज डलरको भाउ घटेको छ। मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६७ पैसारहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ रहेको छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३७ पैसा तोकिएको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २२ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८१ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested