सुख्खा छालाबाट छुटकारा पाउन अपनाउनुस् यी टिप्स
जाडो मौसममा हाम्रो छाला सुख्खा र निर्जीव हुन्छ । यो मौसममा हावामा आर्द्रता निकै कम हुन्छ र यो सुख्खा हावाले हाम्रो छालाको आर्द्रता खोस्छ । त्यसैले गर्मीमा भन्दा जाडोमा छालामा बढी ध्यान दिनुपर्छ । हामी तपाईँलाई केही यस्ता टिप्स बताइरहेका छौ, जसको प्रयोग गरेर तपाईँको छाला सुख्खा हुने छैन र सधैँ चम्किलो र सुन्दर रहनेछ। चिसो मौसममा छालाको हेरचाह गर्ने यी सुझावहरू पालना गर्नुहोस् :
भिटामिन ई सहितको मोइस्चराइजर
चिसो मौसममा छाला सुख्खा हुन नदिन भिटामिन ई भएको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । दिनमा दुईदेखि तीन पटक मोइस्चराइजर प्रयोग गर्नुहोस् र राती सुत्नुअघि पनि अनुहारमा लगाउनुहोस्।
हल्का स्क्रब
जाडोमा अनुहारमा डेड स्किन पनि जम्मा हुन थाल्छ, यसबाट छुटकारा पाउन हप्तामा तीन पटक हल्का स्क्रब प्रयोग गर्नुहोस्, यसले मृत छाला हटाउँछ र अनुहारमा पोषण पनि रहन्छ।
नरिवल तेल
नरिवलको तेललाई चिस्यान कायम राख्नका लागि उत्तम मानिन्छ, यसलाई नुहाउनुअघि छालामा लगाउन सक्नुहुन्छ। यसका लागि नुहाउनुभन्दा एक घण्टाअघि छालामा नरिवलको तेल लगाएर केही बेर मालिस गर्नुहोस् र त्यसपछि नुहाउँदा छाला सुख्खा हुँदैन ।
नुहाउनको लागि मनतातो पानीको प्रयोग
यस मौसममा नुहाउन तातो पानी प्रयोग नगर्नुहोस्, यसले छालाको चिसो कम गर्छ, मनतातो पानीले मात्र नुहाउनुहोस् । अनुहार धुन तातो वा चिसो पानी प्रयोग नगर्नुहोस्, बरु मनतातो पानीले अनुहार धुनुहोस् ।
दूधको प्रयोग
यदि अनुहार सुख्खा भएको छ भने यसको लागि दूध प्रयोग गर्नुहोस् । यसलाई पुरै अनुहारमा लगाएर केही बेर मसाज गर्नुहोस् र त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस्, अनुहारमा दूध लगाएर पनि राती सुत्न सकिन्छ ।
प्रशस्त पानी पिउनुहोस्
जाडोमा हामी प्रायः पानी पिउने कम गर्छौँ, यसले हाम्रो छालामा नराम्रो असर गर्छ र छाला सुख्खा हुन थाल्छ । त्यसैले पिउने पानी कम नगर्नुहोस्, तर दिनमा आठदेखि दश गिलास पानी पिउनुहोस्, जाडोमा मनतातो पानी पिउनु फाइदाजनक हुन्छ ।
यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?










binance anm"alan
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=IXBIAFVY