हस्तमैथुन गर्दा के हुन्छ ?



हस्तमैथुन एक सामान्य क्रियाकलाप हो । आफ्नो शरीरलाई चिन्न, महशुस गर्न, खुशी दिन र यौनिक उत्तेजनाबाट मुक्ति पाउन गरिने यो एक प्राकृतिक पद्धति हो । यसले शरीरमा खासै साइड इफेक्ट हुँदैन ।

यद्यपी अत्याधिक हस्तमैथुन गर्ने हो भने यसले तपाईंको दैनिकी र सम्बन्धमा भने नकारात्मक असर पर्नसक्छ ।

दोषी महशुस हुनु

सांस्कृतिक, आध्यात्मिक र धार्मिक मान्यताका कारण केही मानिसहरूमा हस्तमैथुनका कारण आफू दोषी भएको महशुस गर्छन् । तर, हस्तमैथुन न त अनैतिक हो, न त गलत । तर यसलाई कतिपयले फोहोरी र लाजमर्दोको संज्ञा दिने गर्छन् ।

यदि कोही आफूलाई दोषी र गलत महशुस गरिरहेको छ भने, नजिकको साथीलाई सो कुरा भन्दा केही मात्रामा आराम मिल्छ । साथै, यौन मनोविश्लेषकको सहयोग पनि लिन सकिन्छ ।

हस्तमैथुनको लत लाग्नु

केही मानिसमा हस्तमैथुनको लत लाग्न पनि सक्छ । लत बसेको छ या छैन, त्यसको पहिचान गर्न पनि सकिन्छ । पहिचानका लागि निम्न कुरालाई ध्यान दिनुपर्छ ।

– दैनिकी छुट्ने
– काममा वा स्कुलमा ढिला पुग्ने
-परिवार वा साथीभाईसँगका योजनाहरू रद्ध गर्ने
– महत्वपूर्ण सामाजिक कार्यक्रमहरू छुटाउने

हस्तमैथुनको लतले तपाईंको सम्बन्ध र जीवनका अन्य पाटाहरूमा पनि असर गर्छ । हस्तमैथुनले तपाईंको काम, अध्ययनमा असर गर्दै उत्पादकत्वमा पनि ह्रास ल्याउँछ । लतका कारण साथी भाई र पार्टनरलाई समय दिन नसक्दा र उनीहरूको आवश्यकतामा ध्यान दिन नसक्दा, आफ्नो सम्बन्धहरूमा पनि हानी पुग्न सक्छ ।

हस्तमैथुनको लतको बारेमा चिन्तित हुनुहुन्छ भने, यसलाई छुटाउन कुनै राम्रो चिकित्सक वा परामर्शविद्सँग सरसल्लाह लिन पनि सक्नु हुन्छ ।

साथै हस्तमैथुनलाई अन्य कार्यहरूसँग बदलेर यसको लत छुटाउन पनि सकिन्छ । हस्तमैथुन गर्ने मनसाय जागेमा यी निम्न कार्यहरू गर्न सकिन्छ ।

– वाकमा जाने
– लेखहरू लेख्ने
-साथीभाईलाई भेट्ने
-दौडिने
– व्यायाम गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

हामी खानामा धेरै प्रकारका चीजहरू सँगै खान्छौँ। यस्तो अवस्थामा कहिलेकाहीँ यी चीजहरू हाम्रो शरीरको लागि खतरनाक साबित हुन्छन्। त्यसैले खाना

मूला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, रुघाखोकी जस्ता रोगबाट

आजकल गलत जीवनशैली र जानी नजानी लापरबाहीका कारण मानिसमा धेरै प्रकारका शारीरिक तथा मानसिक समस्या बढ्दै गएका छन् । ध्यान