English

गगन थापाको चुनावी गीत सार्वजनिक



आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाइ’ बोलको गीत सार्वजनिक भएको हो ।

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएकोछ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।

त्यसैगरी पहिलो अन्तरामा गगनले अहिलेसम्म गरेका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागिगरेका काम, स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र राष्ट्रियता समाजवादको नारा रसमुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको प्रोजेक्ट गभर्मेन्टको यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

त्यसैगरी गीतमा देशलाई नयाँ जीवन दिनसक्ने पात्रको रूपमा चित्रण गर्दै यही चुनावी सत्रमा गगनलाई प्रधानमन्त्री बनाइनुपर्ने भाव व्यक्त गरिएको छ ।

माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजनविशम आचार्यले गरेका हुन् ।

विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्दअनुसारका फुटेजहरू राखिएका छन् । गीत ‘उमेश राउत’ युट्युबच्यानलमा हेर्न र सुन्न सकिन्छ ।

यो पनि…
गगन थापाको विजयी हाँसो (फोटो फिचर)
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

Latest










Popular
Suggested