English

चौधरी ग्रुपको फोर ह्वील ड्राइभ ईभी : यस्ता छन् फिचर



चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको मिनी ईभी ल्याउने भएको छ । विगत केही समयदेखि न्यू इनर्जी भेहिकलको विक्रीमा प्रवेश गरेको सो कम्पनीले सिटी कारको रुपमा उपयुक्त हुने ‘जीयाङ्सु हाउजी अटो’ले उत्पादन गरेको ‘आमाई’ मिनी ईभी नेपाल ल्याउन लागेको हो ।

यो सानो ईभीमा फोर ह्वील ड्राइभ अप्सन पाउन सकिन्छ । थ्री डोर अप्सनमा आउने यो सानो कारमा ४ सिट दिइएको छ । आमाई मिनी ईभीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याक दिइएको छ ।

सिजी मोटर्स स्रोतले यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्जमा २२५ किलोमिटरसम्म गुडाउन सकिने बताएको छ । अगाडि र पछाडि नै मोटर दिइएको कारमा २४ किलोवाट क्षमताको मोटर छ । कारको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

मिनी कार भए पनि यसमा ठूलो साइजको हुवील दिइएको छ । सामान्यतया मिनी कारमा १२ देखि १३ इन्चको ह्वील रहने गरेको पाइन्छ । तर, यसमा १५ इन्चको ठूलो ह्वील छ । ठूलो ह्वीलको सहायताले अफरोडमा पनि यसलाई सजिलै गुडाउन सकिने कम्पनीले जनाएको छ ।

आकर्षक रेट्रो डिजाइनमा रहेको हाउजीको मिनी कारमा दुईवटा राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएल पाउन सकिन्छ । कारको वाहिरी आवरणमा आकर्षक क्लियर एज र कर्नर रहेको छ । फ्रन्ट र टेल डिजाइनमा दिइएको डिजाइन लाइनले कारलाई एसयूभी लुक्स दिएको छ ।

ईभीमा म्युजिक सिस्टम, एयर कण्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा व्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम पाउन सकिन्छ । यसमा चार फरक फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट पनि रहेको छ ।

कम्पनीले मिनी कारमा सिट तथा स्टेरिङ ह्वीलमा लेदरको प्रयोग गरेको कारण क्याविन समेत प्रिमियम देखिएको छ । मिनी कारको लम्बाई ३४४४ एमएम, उचाई १५३५ एमएम, चौडाई १५५० एमएम र ह्वीलवेस २३५० एमएम रहेको छ । अहिल्यै मूल्य एकिन नभएपनि यसको सुरुवाती मूल्य २० लाख हाराहारी रहने कम्पनीले बताएको छ ।

यो पनि 
असोज ६ देखि नाडा इभि एक्स्पो २०२२
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



...
binance "oppna konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
Binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
^Inregistrare Binance US

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=IHJUI7TF

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested