English

सुरु भयो नाडा ईभी एक्स्पो २०२२



नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आजदेखि ‘नाडा इभी एक्स्पो २०२२’ शुरु गरेको छ । नाडाले दसैंलाई मध्यनजर गर्दै काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो आयोजना गरेको हो ।

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जाहरू वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी भएको छ । एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधनहरू प्रदर्शनीमा राखिएको छ ।

एक्स्पो समितिका सभापति अनुप बरालका अनुसार एक्स्पोमा ५१ वटा स्टल राखिएको छ । जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको छ ।

असोज ९ गतेसम्म चल्ने एक्स्पोमा ४० हजार बढीको उपस्थिती हुने आयोजकको भनाइ छ । उक्त अवधिभर एक्स्पोमै गाडी किन्न र बुक गर्न पाइनेछ । विभिन्न कम्पनीले चाडबाडलाई मध्यनजर गर्दै गाडी, मोटरसाइकल किन्दा नगद छुट अफर राखेका छन् ।

गाडी किन्दा वित्तीय सुविधा पनि एक्स्पोमै उपलब्ध रहेको नाडाले जनाएको छ । त्यस्तै, सडक सुरक्षाका बारे जानकारी दिन एक्स्पोमा ट्राफिक प्रहरीको छुट्टै स्टल राखिएको छ । ईभीसम्बन्धी ज्ञान आदन–प्रदान गर्न ‘नाडा ईभी चौतारी’ सेमिनार सञ्चालन हुने सभापति बरालले बताए । त्यसमा इलेक्ट्रिक गाडीहरूका सम्बन्धमा विद्यमान नीति नियमबारे चर्चा गरिने छ ।

प्रत्येक वर्ष दसैंको मुखमा नाडा अटो शो हुँदै आएको थियो । दुई वर्षदेखि कोभिडका कारण अटो शो हुन नसकेको नाडाले जनाएको छ । एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ । यस्तै डिजिटल पेमेन्ट पार्टर खल्ती एप रहेको छ ।

याे पनि 
असोज ६ देखि नाडा इभि एक्स्पो २०२२
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested