English

असोज ६ देखि नाडा इभि एक्स्पो २०२२



नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालद्वारा असोज ६ गतेदेखि ९ गतेसम्म विद्युतीय सवारी साधन, पाटपुर्जा र वित्तिय सेवा सम्बन्धी प्रदर्शनी हुने भएको छ । नाडाले सोमबार होटेल र्‍याडिसनमा आयोजित पत्रकार सम्मेलन मार्फत इभि एक्स्पो २०२२ असोज ६ देखि शुरु हुने बताएको हो ।

यस प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण हो । प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा हुनेछ । एक्स्पोमा यूएसएआइडी क्लिन एयरले नलेज पार्टनरको रुपमा तीन दिने चेतनामुलक गोष्ठी समेत सञ्चालन गर्नेछ ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ । यस्तै डिजिटल पेमेन्ट पार्टर खल्ती एप रहेको छ । यो एक्स्पोमा ५१ वटा स्टल र ब्लकहरु रहनेछन् ।

सातवटा ब्राण्डको चारपांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डको दुइ पांग्रे, ३ वटा ब्राण्डको टायर, २ वटा ब्राण्डको ब्याटरी, ९ वटा पाटपुर्जा ग्यारेज उपकरण कम्पनी तथा अटोपत्रिका र चारवटा वित्तिय संस्थाको सहभागी रहनेछ । ४ दिनसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

याे पनि
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested