English

अलग्गिए हनी सिंह र शालिनी



पञ्जाबी गायक यो यो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ । दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ । हनीले ‘एलिमनी’का रुपमा १ करोड रुपैंयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन् ।

अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ सन् २०२३ मार्च २० मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ ।

शालिनीले गत वर्ष अगस्ट ३ मा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गरेकी छन् ।

शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउकी थिइन् । शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन् । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् ।

हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए । उनीहरु बाल्यकालदेखि नै एकअर्कालाई चिन्दथे र एकै विद्यालयमा पढ्थे ।

शालिनीले आफूलाई आरोप लगाए पनि हनीले अगस्ट ६ मा सामाजिक सञ्जालमा पोस्ट लेखेका थिए । उनले आफूमाथि लगाएको आरोप अस्वीकार गरेका थिए ।

यो पनि…
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?
नेपाली फिल्मको रिलिज क्यालेन्डरमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested