English

भारतविरुद्ध नेपालको सानदार जित



साफ यू–१७ पुरुष च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलमा भारतलाई ३–१ को गोलअन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। खेलको २४औँ मिनेटमा डेनी लाइसरामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए। ४५औँ मिनेटमा नेपालका सरोज दर्लामीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा नेपालले दुई गोल थप्यो। ४९औँ मिनेटमा युनेश बुढाथोकीको गोलबाट नेपालले खेलमा कमब्याक गर्‍यो। त्यस्तै, ६७औँ मिनेटमा सुवास बमले गोल थपे।

नेपाल र भारतले आजको खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए। आजको खेलमा जित निकालेसँगै नेपाले समूह ‘बी’ को विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

यो पनि…
गौरव थापा भन्छन्– एन्फाभित्रको षड्यन्त्रमा मेरो नाम जोडिनु दुःखद्
एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested