दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा



दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।

शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।

योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २-२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोड्यो ।

दिल्लीका रोभमान पावेलले ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो

युगान्डामाथि नेपालको पहिलो जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा