English

एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस



अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)सँग गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको ‘ए’ डिभिजन क्लबका असन्तुष्ट चार क्लब र एन्फा पदाधिकारीको बैठकले नेपाल स्पोर्टस् इभेन्टस् एण्ड म्यानेजमेन्ट कम्पनीबीच प्रतियोगिता गर्न भएको सम्झौता रद्द गर्न कार्यसमितिको आगामी बैठकमा सिफारिस गर्ने निर्णय गरेको हो ।

क्लबसँगको बैठकले अघिल्लो कार्यमितिले गरेको निर्णयलाई रद्द गर्न सिफारिस भएको छ ।

‘क्लबसँगको बैठकले अघिल्लो कार्यमितिले गरेको निर्णयलाई रद्द गर्न सिफारिस भएको छ,’ सर्वाधिक मतसहित एन्फा उपाध्यक्षमा निर्वाचित भएका दावा लामाले भने ।

यसअघि भएको सम्झौतामा मापदण्ड पूरा गरे एनएसएलको टिमलाई एएफसी तथा फिफाको प्रतियोगितामा सहभागी हुन दिनुपर्ने थियो । जुन विषयले विवाद लिँदा एनएसएलको दोस्रो संस्करण स्थगित भएको छ ।

तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले चौधरी ग्रुपअन्तर्गत रहेको एनएसएलसँग सो सम्झौता गरेका थिए । तर, ६ असारमा सम्पन्न चुनावमा निर्वाचित पंकजविक्रम नेम्बाङ समूहले मुख्य मुद्दा नै एनएसएललाई बनाएको थियो । यस समूहले एनएसएललाई ‘गोल्डकप’ को रुपमा आयोजना गर्नुपर्ने बताउँदै आएको थियो ।

एन्फाले एनएसएल आयोजनाको शैलीमाथि चर्को विरोध जनाउँदै आएका सहिद स्मारक ए डिभिजन लिगका चार क्लबहरू (थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) बैठकमा बोलाएको थियो ।

एन्फा मुख्यालयमा भएको बैठकमा भने अध्यक्ष नेम्बाङको उपस्थिति थिएन । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का(बच्चु)को अध्यक्षमा बसेको बैठकमा उपाध्यक्ष दीपक खतिवडा, उपाध्यक्ष दावासँगै सदस्यद्वय महेन्द्र क्षेत्री र सरिला श्रेष्ठको सहभागिता थियो । यस्तै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी पनि सहभागी थिए ।

यद्यपि, एन्फाको अघिल्लो कार्यसमितिले आगामी २५ भदौदेखि १० कात्तिकसम्म प्रतियोगिता गराउन समय उपलब्ध गराइसकेको छ ।

शुक्रबार नै एन्फा पदाधिकारीले एनएसएल आयोजकसँग बैठक बस्दैछ ।

यो पनि…
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?
आइपिएल : कोलकाताको जितमा यी खेलाडीको उत्कृष्ट प्रदर्शन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested