English

दिवङ्गत छोरीको स्मृतिमा श्रेष्ठ दम्पतीद्वारा बनाइयो पहिलो नेपाली मन्दिर



२.५ मिटर अग्लो विश्वकै सबैभन्दा ठुलो रत्न गुणस्तरको सबैभन्दा महँगो बुद्ध मूर्ति राखिएको The Great Stupa of Universal Compassion को हाताभित्र रहेको गणेश मन्दिरमा पहिलो पटक आधिकारिक रूपमा तीज मनाइएको छ ।

७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्यु भएकोले आफ्नी दिवङ्गत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्वारा बेन्डिगो सहरमा निर्मित यस मन्दिर नेपालीद्वारा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बनाइएको पहिलो मन्दिर हो । पछिल्लो एकाध बर्षमा नेपालीको सङ्ख्या बढ्दै करिब सय जना पुगेको यो सहरमा करिब ८० जनाको उपस्थितिमा तीज मनाइएको हो ।

अस्ट्रेलिया बसेर लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रलाई योगदान पुर्याउँदै आएका गायक राजेश केसीद्वारा गाइएको ‘जहाँ छन् बुद्धका आँखा’ गीतबाट कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

बेन्डिगोको पहिलो नेपाली उमेश श्रेष्ठले सुरुका समयमा नेपाली भेट्न पाउँदा मात्रै पनि अत्यन्तै खुसी लाग्ने र आफूले बेन्डिगो छाड्दा करिब १० परिवार रहेको स्मरण गर्दै पहिलो पटक यसरी यत्ति धेरै नेपालीको बीचमा आफूलाई यही सहरमा पाउँदा अत्यन्तै खुसी लागेको बताए । श्रेष्ठ प्रत्येक सप्ताहान्तमा आफूद्वारा निर्मित मन्दिरको रेखदेखको लागि मेलबर्नदेखि करिब २ घण्टा ड्राइभ गरेर नियमित रूपमा बेन्डिगो आउने गर्छन् ।

कार्यक्रममा प्रियङ्का प्रधान र बिमला कँडेलले पनि छुट्टाछुट्टै एकल गीत गाएका थिए भने विभिन्न गीतमा प्रियङ्का प्रधान, बिमला कँडेल, मनीषा पौडेल, प्रमीला पौडेल र आस्था राणाद्वारा सामूहिक नृत्य प्रदर्शन गरिएको थियो ।

आ–आफ्नै खर्चमा उपस्थित सबैलाई तीजको दरको तयारीको लागि संयोजनकारी भूमिका निर्वाह गर्ने प्रिन्सद्वारा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो भने दिदी–बहिनी समाज भिक्टोरियाको बेन्डिगो युनिटकी संयोजक मनोरमाले कार्यक्रम आयोजना गर्न भूमिका निर्वाह गर्ने र कार्यक्रम सफल तुल्याउन आइ विभिन्न किसिमबाट सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरिन् ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का विश्व सल्लाहकार रामकुमार श्रेष्ठ र दिदी–बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा पूरक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अनुपमा कायस्थद्वारा उद्घोषण गरिएको थियो ।

यो पनि…
पशुपतिमा तीज मनाईदैँ (फोटो फिचर)
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested