English

नेपाली सङ्गीतमा लोप हुँदै गएको रुपक तालको प्रयोग



आफूले प्राणभन्दा प्यारो ठानेकी प्रेमिकाले छाड्दा त्यो प्रेमीलाई के होला?

यही प्रश्नको उत्तर हो– ‘तिम्रो तस्बिर’।

उज्वल हृदयको शब्द, उमेश राउतको संगीत र चर्चित गायक स्वरुपराज आचार्यले स्वर पस्किएको ‘तिम्रो तस्बिर’ एउटा प्रेमवियोगको कथा हो।

भनिन्छ सबै प्रेम सफल हुँदैनन् । तर प्रेम गरेर पाएको धोकाले प्रेमीलाई कुन हदसम्म पुर्याउँछ भन्ने कलाकार निराजन प्रधानको जीवन्त अभिनयले देखाउँछ । गीतको म्युजिक भिडिओमा उनकी ‘धोकेबाज’ प्रेमिका हुन्– मोडल गीता ढुंगाना ।

टुटेको प्रेम कहानी

एउटा टुटेको प्रेमकहानी प्रस्तुत गरिएको गीतले गहिरो प्रेम गरेकी प्रेमिकाले छोडेर अर्कैसँग गएपछिको हृदयविदारक दृश्य पस्किन्छ ।

भिडियोमा प्रेमिकाले दिएको घातलाई भुल्न प्रेमीले रक्सीको सहारा लिएको देखाइएको छ । ऊ विक्षिप्त बनेर छोडेर गएकी पे्रमिकाको यादमा डुबिरहेको छ । बगैँचामा बसेर दिउँसै रक्सी पिइरहेको अवस्थाबाट भिडियो सुरु हुन्छ । प्रेमिकाले छाडेर जाँदाको तस्बिर उसको अगाडि झलझली आइरहेको छ । अनि सुरु हुन्छ गीतको स्थायी –

‘भुल्न नसक्दा तिमीलाई याद तिम्रो गाढा हुन्छ,
छुन खोज्छु तिम्रो तस्बिर किन किन टाढा हुन्छ ।’

ढोकामा बसेर अगाँलो थाप्दै प्रेमिका उसलाई अँगाल्न आइरहेको कल्पना गर्छ र बेस्सरी अँगाल्छ । तर आफूलाई रित्तो र एक्लो पाएपछि झस्किन्छ । प्रेमिकासँगका पुराना रमाइला क्षणहरु सम्झेर वर्तमानको एक्लोपन नियाल्छ ।

बग्छ नदी कलकल हाम्रो माया थियो त्यस्तै
सोचेभन्दा धेरै पर हाम्रो माया गयो फस्तै
उसले सारी स्वाट्टै साइनो त्यहाँ सधैँ चाड हुन्छ
छुन खोज्छु तिम्रो तस्बिर किन किन टाढा हुन्छ ।

पहिलो अन्तरामा आफ्नो माया बगिरहने नदीजस्तै कन्चन र कलकल भएको तर सोचेभन्दा धेरै पर मायाले बाटो मोडेको कुरा प्रस्तुत गरिएको छ ।

दोस्रो अन्तराको बीचमा गीतको तथ्य खुल्छ । जन्मदिन मनाउन खुशी हुँदै उपहार बोकेर पुगेको प्रेमीले आफ्नी प्रेमिका परपुरुषको अँगालोमा बाँधिएर बसेको देखेपछि ऊ विछिप्त हुन्छ । प्रेमिकाले माफी माग्दा पनि ऊ तर्किन्छ ।

एक्कासि अर्कैको अँगालोमा बेरिँदै गरेको देखेँ, त्यतिबेला के भयो सम्झिँदा अझै तीतो लाग्छ, गीतमा के–कति उतार्न सकेँ त्यो यहीँ छ, तर यो गीत त्यही पलको चित्र हो ।

अनि सुरु हुन्छ गीतको दोस्रो अन्तरा–

‘डाँडामाथि घाम हेर्छु क्षितिज त्यसै रात भयो,
टाढा जानु परेन खै आफ्नैबाट घात भयो,
आगो लगाई लापत्ता भई मलाई फूल काँढा हुन्छ,
छुन खोज्छु तिम्रो तस्बिर किन किन टाढा हुन्छ ।’

प्रेम, विस्वास अनि धोका यही विषयको केन्द्रमा रहेर गीत तयार भएको छ । गीतका शब्दहरु आफैँमा मार्मिक छन् ।

चोखो प्रेममा असत प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्यालाई यस गीतले देखाएको छ । प्रेम अनि विछोडको विषय भए पनि त्यसलाई फरक किसिमले प्रस्तुत गरेर नेपाली गीतका श्रोता र दर्शकलाई फरक किसिमको स्वाद प्रस्तुत गरेका बताउँछन् गीतकार उज्ज्वल बस्नेत ‘हृदय’।

नेपाली साङ्गीतिक क्षेत्रमा क्षणिक चर्चा बटुल्नुभन्दा पनि यस क्षेत्रलाई सुगम तथा फराकिलो बनाउँदै लैजानु आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

आफूले कल्पनै नगरेको कुरा एक्कासि देख्नुपर्दा आकाशै खसेजस्तो भयो, हुन त त्यो एउटा अल्लारेपना पनि थियो होला तर सबैभन्दा आफ्नो ठानेकोबाट नै त्यस्तो उपहार पाएँ, जुन मेरो जीवनको सबैभन्दा पीडाको क्षण भयो ।

अनि जन्मियो गीत

‘एक्कासि अर्कैको अँगालोमा बेरिँदै गरेको देखेँ, त्यतिबेला के भयो सम्झिँदा अझै तीतो लाग्छ’, जिन्दगीमा पहिलो पल्ट टुटेको त्यो पल सम्झिँदै गीतकार उज्ज्वल भन्छन्, ‘गीतमा के–कति उतार्न सकेँ त्यो यहीँ छ, तर यो गीत त्यही पलको चित्र हो ।’

सानो डिस्कसमा यस्तो होला भन्ने उनले सोचेकै थिएनन् । ‘आफूले कल्पनै नगरेको कुरा एक्कासि देख्नुपर्दा आकाशै खसेजस्तो भयो’, उनी भन्दै थिए, ‘हुन त त्यो एउटा अल्लारेपना पनि थियो होला तर सबैभन्दा आफ्नो ठानेकोबाट नै त्यस्तो उपहार पाएँ, जुन मेरो जीवनको सबैभन्दा पीडाको क्षण भयो ।’

त्यहीँ हार्मोनियम चलाउँदै गर्दा ‘तिम्रो तस्बिर’को स्थायी तयार भयो, आफ्नै शब्दमा केही गीत बनाए पनि अरुको शब्दमा संगीत गर्ने त्यो मेरो दोस्रो अवसर थियो । एकदमै खुशी भएँ र घरमा गएर अन्तरा तयार गरिहालेँ ।

आठ वर्षपछि मात्र पूर्ण भयो

कुपण्डोलमा संगीतकार रेखा पौडेलसँग संगीत सिक्दै गरेका उज्ज्वल बस्नेत ‘हृदय’ले सँगै संगीत सिक्दै गरेका उमेश राउतलाई शब्द देखाए । त्यसअघि नै उमेशले उज्ज्वलको गीत ‘केही भुल’मा संगीत भरिसकेका थिए ।

‘त्यहीँ हार्मोनियम चलाउँदै गर्दा ‘तिम्रो तस्बिर’को स्थायी तयार भयो’, यस गीतका संगीतकार उमेश राउतले त्यो क्षण सम्झिँदै भने, ‘आफ्नै शब्दमा केही गीत बनाए पनि अरुको शब्दमा संगीत गर्ने त्यो मेरो दोस्रो अवसर थियो । एकदमै खुशी भएँ र घरमा गएर अन्तरा तयार गरिहालेँ ।’

उनले भोलिपल्टै उज्ज्वलाई गीत सुनाए । गीतमा केही आशा जाग्यो । दैनिकजसो त्यसलाई गुनगुनाइरहन्थे । पछि अरुलाई पनि सुनाए । सबैबाट सकारात्मक प्रतिक्रिया पाए पनि रेकर्ड गर्ने अवस्थासम्म पुग्न उनीहरुलाई करिब ८ वर्ष पर्खनु पर्याे ।

एक दिन गुरुहरुलाई गीत सुनाएँ, उहाँहरुले धेरै राम्रो छ भनेर रेकर्ड गर्न हौसला दिएपछि मात्र संगीत संयोजनका लागि अगाडि बढेका हौँ, पछि गुरुहरुले नै संगीतसंयोजन गरिदिनुभयो, स्वरूपराज आचार्य दाजुले आवाज दिएपछि गीतले एउटा प्राण पाएझैँ लाग्यो ।

‘एक दिन गुरुहरुलाई गीत सुनाएँ, उहाँहरुले धेरै राम्रो छ भनेर रेकर्ड गर्न हौसला दिएपछि मात्र संगीत संयोजनका लागि अगाडि बढेका हौँ’, ७ वर्षदेखि लाबोनीप्रमोदसँग संगीत सिक्दै आएका उमेश राउतले भने, ‘पछि गुरुहरुले नै संगीतसंयोजन गरिदिनुभयो, स्वरूपराज आचार्य दाजुले आवाज दिएपछि गीतले एउटा प्राण पाएझैँ लाग्यो ।’

त्यो दिन उनका लागि जीवनकै एउटा अविस्मरणीय दिन बन्यो । उनी भन्छन्, ‘स्वरुपराज आचार्यजस्तो कलाकारको आवाजमा आफ्नो पहिलो गीत रेकर्ड गर्ने अवसर पाउनु मेरो लागि धेरै ठूलो अवसर थियो, अझ उहाँले दिनुभएको हौसलाले मलाई अझै मिहिनेत गर्ने ऊर्जा दियो । त्यो दिन मेरो सांगीतिक जीवनमा नै विशेष दिन बन्यो ।’

नेपाली गीत सङ्गीतको आफ्नो छुट्टै पहिचान छ, त्यसमै रहेर हामी अघि बढ्न चाहन्छौँ । त्यसकै फलस्वरूप ‘तिम्रो तस्बिर’ आएको हो ।

सङ्गीतकार उमेश राउत भन्छन्, ‘छोटो समयको लोकप्रियताभन्दा पनि आफ्नो रचना सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ गीत तयार गरिएको हो, अहिले सीमित नयाँ पुस्ताहरू रातारात लोकप्रिय बन्ने उद्देश्यका कारण आफ्नो मौलिक सङ्गीतलाई बिर्सिएर भाइरलको पछाडि दौडिएका छन् तर हामी त्यो बाटोमा छैनौँ ।, नेपाली गीत सङ्गीतको आफ्नो छुट्टै पहिचान छ, त्यसमै रहेर हामी अघि बढ्न चाहन्छौँ । त्यसकै फलस्वरूप ‘तिम्रो तस्बिर’ आएको हो ।’

चर्चित मात्र नभएर नेपाली सङ्गीतमा छुट्टै उचाइ बनाउन सफल गायक स्वरुपराज आचार्यले नयाँ पुस्ताले यस्ता किसिमका सङ्गीतमा रुचि राख्नु निकै सकारात्मक भएको बताए । गीतका बारेमा बोल्दै उनले भने, ‘नेपाली सङ्गीतमा लोप हुँदै गएको रुपक तालको प्रयोग यस गीतको विशेष पहिचान हो, अझ अरेन्जमेन्टमा भएको एउटै गीतमा तीनवटा तालको प्रयोगले यस गीतको महत्व झनै बढेको छ ।’

भिडिओ बनाउँदाका सास्ती

जसोतसो गीत तयार भए पनि भिडियो बनाउन सजिलो थिएन । सांगीतिक हिसाबले गीत बलियो भए पनि बजारमा अर्कै खालका गीतको होड थियो । संघर्षको सुरुवाती क्षणमा रहेका उनीहरुलाई भिडियोका लागि दुई–तीन लाख जम्मा गर्न त्यति सहज पनि थिएन ।

अडियो राम्रो बनेकाले त्यहीअनुसार भिडियो बनाउन पर्यो । अडियोमा धेरैको सकारात्मक प्रतिक्रिया आएपछि गीतकार उज्ज्वलले भिडियो गरेरे छाड्ने अठोट गरे । गुरु प्रमोद प्रसाईँको सल्लाहमा निर्देशक अनुप चापागाईँलाई भेटेर भिडियो गर्ने सल्लाह भयो ।

उनले पनि गीत मन पराए र भिडियोको काम सुरु गरिहाले । भिडियोको कन्सेप्ट तयार भयो । गीतमा निराजन प्रधान र गीता ढुंगानालाई अभिनय गराउने निधो भयो । उनीहरु दुवै चलेका र राम्रा कलाकार हुन् । दुवैले गीतको मर्मअनुसार अभिनय गरेको भिडियोमा देख्न सकिन्छ ।

अहिलेसम्म ४१ हजारभन्दा बढी दर्शकले गीतलाई हेरेका छन् भने दुई सय ५० भन्दा बढी जति प्रतिक्रिया आएका छन् । सबै प्रतिक्रिया गीतमा बारेमा सकारात्मक देखिन्छन् ।

कपनमा छायांकन गरिएको उक्त भिडियोमा गीता ढुंगाना र निराजन प्रधानको जीवन्त अभिनय देख्न सकिन्छ । अहिलेका चर्चित निर्देशक अनुप चापागाईंले निर्देशन गरेको गीतको भिडियो समेत उत्कृष्ट बनेको छ ।

अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘तिम्रो तस्बिर’ अजयसिंह कार्कीले रेकर्ड गरेका हुन् भने प्रकाश मिश्रले ध्वनिसम्पादन गरेका हुन् । ‘लाबोनी प्रमोद’को सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

यो पनि…
नारी बह बुझाउने यो तीज गीतलाई अपार माया
गीतमार्फत पीर–ब्यथा बिर्सिएर तीता मिठा कुरा गर्न आग्रह



...
Rastrear Celular

Existe alguma maneira de recuperar o histórico de chamadas excluídas? Aqueles que possuem backup na nuvem podem usar esses arquivos de backup para restaurar registros de chamadas de celular. https://www.mycellspy.com/br/tutorials/how-to-recover-deleted-call-history-from-husband-phone/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो