English

नारी बह बुझाउने यो तीज गीतलाई अपार माया



नारी स्वतन्त्रता, नारी उन्मुत्ति र नारी अभिब्यक्ति ।

यदि यी तीन कुरा कतै छ भने त्यो हरितालिका तीज गीतमै छ ।

घर–परिवार, समाज र सत्ताबाट करिब करिब हरण गरिएको नारीको निजात्मक खुसी पोख्न सकिने कुनै ठाउँ छ भने त्यो तीज गीतमै हो ।

यसपटक पनि यस्तै भयो ।

तीज पर्वको छेकोमा सार्वजनिक गरिएको ‘यो रमाइलो तीजैमा’ फगत एउटा सिर्जनामात्र रहेन । गीत, शब्द, संगीत, नृत्य र अभिनयको पन्चतत्व मिसिएजस्तो यो तीज गीत आम नेपाली नारी अभिब्यक्तिको सम्झनामा रहिरहने उन्नत दस्तावेज समेत बन्न पुग्यो ।

परिणाम !

सबैको सामु छ । साउन ९ गते सोमवार सार्वजनिक गरिएको यो गीत आज १० दिन बित्दानबित्दै युट्युब ट्रेन्डिङको आठौं नम्बरमा पुगेको छ । नारी–पुरुष सबै किसिमका दर्शकले यो गीत यति मन पराए कि छोटो अवधिमै यसले ख्यातीको भरयाङ उक्लियो ।

धन्यवाद !

यो रमाइलो तिजैमा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । यो माया र सद्भावका लागि यहाँहरु सबैप्रति हार्दिक नमन ।

हो–यो गीतकी गायिका तथा यसमा अभिनय समेत गरेकी सुनिता दुलालले सामाजिक सन्जालमार्फत सबसमक्ष हार्दिकता ब्यक्त गरिहालिन् । उनले लेखिन्–तपाई दर्शक महानुभावहरुको अपार माया, साथ र सहयोगले ‘यो रमाइलो तिजैमा’ युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । यो माया र सद्भावका लागि यहाँहरु सबैप्रति हार्दिक नमन ।’

भिडियो :

किन मन पराइयो यो गीत ?

गायिका सुनिता दुलालको ‘यो रमाइलो तिजैमा’ बोलको गीतसंग शम्भुजित बास्कोटादेखि करिश्मा मानन्धरसम्मको कला गठबन्धन देखिन्छ । धुरन्धर संगीतकार बास्कोटाले यो गीतमा कर्णप्रिय संगीत भरेका छन् ।

मानन्धरले अभिनयको आफ्नो चिरपरिचित शैलीलाई साढे आठ मिनेटको यो गीतमा पनि निरन्तरता दिएकीछिन् । उन्नती बोहोरा ‘शिला’ ले नारी भावनालाई कलमले कागजमा होइन आँशुले शिलामा पोखेकि छिन् । मनोहर सुनमले आफ्नो प्रतिभा यो गीतको संगीत संयोजनमा पोखेका छन् । श्यामश्वेत रसाइलीले यो गीतको मिक्सिङ÷मास्टरिङमा आफ्नो कला देखाएका छन् ।

यो गीतमा जोडिएको टिमले परिणाममुखी काम गरेको छ । नतिजा हामी सामु छ । गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री मानन्धरमात्र होइन, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अब्बल अभिनय छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन् ।

योसँगै यसपाली नि खाने दर, म त छम छम, तीजको आयो लहर, चुप्प म्वाइँ खाउँला आमा, सधैं तीजमा व्रत, पोहोरको तीजमा रातो, नाच्नलाई पैताला, यसपालीको तीजमा, अलि फरक भाकी छु, चुरा टिका लाली, अर्गानिक तीज, तीज भनेकै नाच्न गाउन, दर खाने दिन लगायतका चर्चा पाएका तीज गीत दुलालकै नाममा छन् ।

हिन्दू महिलाले मनाउने पर्व तीज र संगीतबीच सदियौंदेखि विशेष साइनो छ । तीजमा गीतमार्फत महिलाले आफ्ना पीडा, भावना र विचार पोख्दै आइरहेका छन् ।

तीज आउनु तीन महिनाअघिदेखि नै तीज गीतले गाउँ–सहरलाई छोप्ने गरेको छ ।

यसपटक तीज गीतको माहोल अलिक सुस्ताएको भनिएकै बेला तीज गीतका पारखीलाई ‘यो रमाइलो तीजैमा’ गीतले आल्हादित बनाएको छ । युट्युबको ट्रेण्डिङमा आउनु र छोटो अवधिमै यो समाचार लेख्दासम्म १०,७३,४६० भ्युज पाउनुले यही संकेत गर्छ ।

तीजको अवसर छोपेर गीत गाउँदै छमछमी नाच्न थालिसकेका नेपाली नारीका लागि तीजमा यो गीत पनि एउटा कोशेली बनेको छ ।

यो पनि…
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)
गीतमार्फत पीर–ब्यथा बिर्सिएर तीता मिठा कुरा गर्न आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली