English

१२५ करोडमा बिक्यो अक्षयको कठपुतली



सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ ।

उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ । रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो ।

फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन् । उनको अपोजिटमा रकुल प्रीत सिंह छिन् । फिल्म निर्माण पक्षले यो फिल्म ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारलाई १ सय २५ करोडमा बेचेको छ ।

अक्षयका पछिल्ला फिल्मले बक्सअफिसमा आशातित प्रदर्शन नगरिरहेपछि निर्माण पक्षले यसपटक सिधा ओटीटीलाई फिल्म दिएको हो । ओटीटीबाट फिल्मले पाएको रकमलाई अहिलेको अवस्थामा निकै उत्साहबद्र्धक रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मको कथा हिमाञ्चल प्रदेशको कसौली सहरको हो, जहाँ अक्षय प्रहरी अधिकृत हुन्छन । अचानक शहरमा एक जघन्य हत्या हुन्छ । हत्या पछि शवलाई हत्याराले सार्वजनिक स्थानमा छोडिदिन्छ । जसमा प्रहरी शवसम्म होइन, शव प्रहरीसम्म आइपुग्छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested