English

१२५ करोडमा बिक्यो अक्षयको कठपुतली



सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ ।

उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ । रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो ।

फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन् । उनको अपोजिटमा रकुल प्रीत सिंह छिन् । फिल्म निर्माण पक्षले यो फिल्म ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारलाई १ सय २५ करोडमा बेचेको छ ।

अक्षयका पछिल्ला फिल्मले बक्सअफिसमा आशातित प्रदर्शन नगरिरहेपछि निर्माण पक्षले यसपटक सिधा ओटीटीलाई फिल्म दिएको हो । ओटीटीबाट फिल्मले पाएको रकमलाई अहिलेको अवस्थामा निकै उत्साहबद्र्धक रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मको कथा हिमाञ्चल प्रदेशको कसौली सहरको हो, जहाँ अक्षय प्रहरी अधिकृत हुन्छन । अचानक शहरमा एक जघन्य हत्या हुन्छ । हत्या पछि शवलाई हत्याराले सार्वजनिक स्थानमा छोडिदिन्छ । जसमा प्रहरी शवसम्म होइन, शव प्रहरीसम्म आइपुग्छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य