English

सानु र निमाको भव्य स्वागत



दोहार्याएर विश्वकै १४ सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका सानु शेर्पा र विश्वका सबैभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने निमा ग्याल्जेन शेर्पालाई शनिबार भव्य स्वागत तथा सम्मान गरिएको छ ।

शनिबार पाकिस्तानबाट नेपाल फर्किएका सानुलाई नेपाल पर्वतारोहण संघ (एनएमए), माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पर्वतारोही र पर्यटन व्यवसायीहरूले विमानस्थल पुगेर उनको स्वागत गरेका हुन्। भने शुक्रबार बिहान नेपाल आइपुगेका निमालाई डोल्मा आउटडोर एक्सपिडिसन प्राइभेट लिमिटेड तथा रोल्वालिङ एभरेष्ट समिटर्स क्लब लगायतका विभिन्न सङ्घसंस्थाले शुक्रबार नै स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे पश्चात शेर्पाद्वयलाई र्‍यालीसहित तिनकुने बानेश्वर, थापाथली, माइतीघर, भद्रकालीर सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट परिक्रमा गरी दरबारमार्ग, घण्टाघर हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा भव्य स्वागत गरिएको थियो । साथै आरोही शेर्पा द्वयलाई लाई प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नै बालुवाटारस्थित निवासमा बोलाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

सानु शेर्पाले जुलाई २१ को बिहान पाकिस्तानी समयअनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर उचाईको गसेरब्रुम–२ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ अग्ला हिमालहरूको दोहोर्‍याएर सफल आरोहण पूरा गरेका हुन्।

त्यस्तै, दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका, रोल्वालिङ गाउँका निमा ग्याल्जेन शेर्पाले अगष्ट ११ को बिहान ९ बजे पाकिस्तान स्थित गेशरबुम–१ (जि १) हिमालको सफल आरोहण गरेसँगै विश्वका सबैभन्दा अग्ला १४ हिमालहरुको आरोहण गर्ने दोलखा जिल्लाकै प्रथम आरोही भएका हुन् ।

यो पनि…
१४ हिमाल आरोही
१४ हिमाल आरोही निमाको भव्य स्वागत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested