English

१४ हिमाल आरोही निमाको भव्य स्वागत



विश्वका सबैभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने निमा ग्याल्जेन शेर्पा शुक्रबार बिहान नेपाल आइपुगेका छन् । उनी विश्वका सबैभन्दा अग्ला १४ हिमालहरूको आरोहण गर्ने दोलखा जिल्लाकै प्रथम आरोही भएका छन् ।

केवल ४२ दिनमा पाकिस्तानस्थित ८००० मिटरका सबै हिमाल आरोहण गरी स्वदेश फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई डोल्मा आउटडोर एक्सपिडिसन प्राइभेट लिमिटेड तथा रोल्वालिङ एभरेष्ट समिटर्स क्लब लगायतका विभिन्न सङ्घसंस्थाले स्वागत गरेका थिए । साथै नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले शनिवार औपचारिक कार्यक्रम आयोजना गरी विश्वमा रहेका आठ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पासहित निमा ग्याल्जेन शेर्पालाई स्वागत तथा सम्मान गर्ने बताएको छ ।

शेर्पाले यसअघि ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा हिमाल आरोहण सम्बन्धी दुईवटा रेकर्डहरू (एकै परिवारका आठ जना र चार दाजुभाइ एकै पटक सगरमाथा आरोहण) राखी सकेका छन् । उनी हिमालमा रेस्क्यु गरी धेरै जनाको ज्यान जोगाउने कुशल आरोही पनि हुन् । साथै, उनी नेपाल भ्रमण वर्ष २०११ को सद्भावना दूत समेत थिए ।

हालसम्म वनले सगरमाथा ९ पटक, मनास्लु ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र बाँकी के२, कंचनजंघा, धौलागिरि, नांगा पर्वत, जि१, जि२, ब्रोड पिक, सिसापाङ्मा हिमालहरू १–१ पटक आरोहण गरेका छन् ।

त्यसैगरी, आरोही शेर्पालाई उनका भाइ फुर्वा तेन्जिङ शेर्पाले स्वागत र सम्मान गर्न अनुरोध गरेका छन् । आरोही फुर्वाले एनएमए, टान, नेपाल पर्यटन बोर्ड, सगरमाथा आरोही संघ, पर्यटन विभागलगायतलाई ग्याल्जेनको स्वागत सम्मान र कदर गर्न ध्यानाकर्षण गराएका हुन् ।

यो पनि…
१४ हिमाल आरोही
सगरमाथाको चुचुरोमा ‘हिउँ चितुवा’ बाजेलाई नातिको समर्पण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested