English

१४ हिमाल आरोही

विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने दोलखाकै पहिलो आरोही निमा ग्याल्जेन शेर्पा


दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका, रोल्वालिङ गाउँका निमा ग्याल्जेन शेर्पाले आज बिहान ९ बजे पाकिस्तान स्थित गेशरबुम–१ (जि १) हिमालको सफल आरोहण गरेसँगै विश्वका सबैभन्दा अग्ला १४ हिमालहरुको आरोहण गर्ने दोलखा जिल्लाकै प्रथम आरोही भएका छन् ।

शेर्पाले कृत्रिम अक्सिजनको प्रयोग नगरी यो सफल आरोहण गरेका हुन् ।

यसअघि उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ मा हिमाल आरोहण सम्बन्धी दुईवटा रेकर्डहरु राखिसकेका छन् । शेर्पा ‘नेपाल भ्रमण वर्ष–२०११’ को सद्भावना दूत समेत थिए ।

शेर्पाले सगरमाथा ९ पटक, मनास्लु ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र के २, कंचनजंघा, धौलागिरी, नांगा पर्वत, जि १, जि २, ब्रोड पिक, सिसापाङ्मा हिमालहरु एक एक पटक आरोहण गरिसकेका छन् ।

डोल्मा आउटडोरका अध्यक्ष समेत रहेका शेर्पासँगै ताइवानी आरोही ग्रेस सेन र दोलखा जिल्ला, टासिनाम गाउँका आरोही निङ्मा दोर्जे तामाङले पनि जि १ हिमालको सफल आरोहण गरेका हुन् ।

यससँगै आरोही ग्रेस सेनले पनि विश्वका सबैभन्दा अग्ला १४ मध्ये १२ हिमालको सफल आरोहण गरेका छन् । केवल २२ दिनभित्र आठ हजार मिटरका चार हिमालहरु कृत्रिम अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेका किर्तिमानी आरोही ग्रेस सेन यस्तो कृर्तिमान राख्ने कान्छा आरोही पनि हुन् ।

यसैगरी,आरोहीको यो टिमले केवल ४२ दिनभित्र पाकिस्तानस्थित पाँचैवटा आठ हजार मिटरका हिमालहरु आरोहण गरी अर्को किर्तिमान पनि रचेका छन् ।

यो पनि…
सगरमाथाको चुचुरोमा ‘हिउँ चितुवा’ बाजेलाई नातिको समर्पण
नेपाली आरोही केटु आरोहणतिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested