English

नेपाली आरोही केटु आरोहणतिर



हिउँद याम । ठण्डी मौसम । पर्वतारोहीका लागि फूर्सदको बेला । त्यसैले, यो हिमाल चढ्ने उपयुक्त समय होइन । तर, यतिबेला सात नेपाली र एक ताइवानी महिलालाई भने पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो शिखर केटु (८,६११ मि.)ले तानिरहेको छ ।

यो टोलीलाई आरोही निमा ग्याल्जेन शेर्पाले नेतृत्व गरेका छन् । उनी डोल्मा आउटडोरका अध्यक्षसमेत हुन् । उनीसँगै ङिमा टेण्डी शेर्पा, टासी शेर्पा, फुरु शेर्पा, छिरिङ शेर्पा, ङिमा दोर्जे तामाङ, दावा शेर्पा र ताइवानी महिला सेन को ईआरएज केटुतर्फ लागेका हुन् । नेपाली टोली आज (बुधबार) राति ८ बजे पाकिस्तानतर्फ प्रस्थान गर्दैछ भने ईआरएज ताइवानबाट सीधै पाकिस्तान आउँदै छिन् ।

ईआरएजले यसअघि शरद ऋतुमा विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंगाको सफल आरोहण गर्दै ताइवानबाट कञ्चनजंगा आरोहण गर्ने पहिलो महिला बनिन् । योसँगै उनले मनास्लु, सगरमाथा, ल्होत्से, धौलागिरी लगायतका हिमालको आरोहण गरिसकेकी छन् । १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने उनको लक्ष्य छ ।

हिउँदे याममा गत वर्ष हिमाल आरोही निर्मल पुर्जासहितको टोलीले केटुको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्यो । तर, अहिलेसम्म यो याममा महिलाले केटुको आरोहण गरेको रेकर्ड छैन । त्यसैले, ईआरएज यतिबेला कीर्तिमान बनाउने दाउमा छिन् । केटुको सफल आरोहण भएपछि उनी हिउँदे याममा केटु चुम्ने विश्वकै पहिलो महिला बन्ने छिन् ।

टोलीको नेतृत्व गरेका निमाले यसअघि सगरमाथा, ल्होत्से, मनास्लु, चोयु, अन्नपूर्ण, सिसापाङ्मा, मुस्तागाता, हिमलुङ, धौलागिरि, कञ्चनजंघा, आमादब्लम लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

साथै, टोलीले राइज मिडिया नेटवर्क र मेरोलाइफस्टाइल डटकमको लोगो अंकित झण्डा समेत केटुमा फहराउने छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै नेटवर्कका बोर्ड सदस्य तथा कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पा र प्रमुख सञ्चालन अधिकृत अशोक गुरुङले झण्डा हस्तान्तरण गरेका हुन् ।

यो पनि…
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ

‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested