English

बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ

‘हजुरबुबाको आत्मा सगरमाथामै छ जस्तो लाग्छ’


आरोहणको इतिहासमा आङरिता शेर्पा विश्व लोकप्रिय कीर्तिमानी आरोही हुन् । कृत्रिम अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरेका शेर्पा हिउँचितुवाको उपनामले चर्चित छन् ।

हिउँदयाममा बिना कृत्रिम अक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो आरोही पनि उनै हुन् । सन् २०२० सेप्टेम्बर २१ मा उनले संसारबाट सदाका लागि बिदा लिए । ७२ वर्षको उमेरमा उनको बौद्ध, जोरपाटीस्थित छोरी डोल्मा शेर्पाको निवासमा देहावसान भएको थियो । यिनै आरोहीको सम्मानमा उनका नाती तेन्जिङ जाङ्बु शेर्पा यतिबेला सगरमाथा आरोहणको तयारीमा अहोरात्र जुटेका छन् ।

तेन्जिङले हजुरबुवाको नाम र कामको महत्व एवम् गरिमा दुबै बुझेका थिएनन् । उनलाई हजुरबुवा प्रख्यात छन् भन्ने थाहा थियो तर के कामले र कस्तो प्रकारले प्रख्यात भन्ने अड्कलसम्म थिएन ।

आङरिताका माइला छोरा छेवाङ दोर्जे शेर्पा र बुहारी पासाङ फुटी शेर्पाका जेठा छोरा हुन् २२ वर्षिय तेन्जिङ जाङ्बु शेर्पा । सोलुखुम्बुको खुन्दे अस्पतालमा जन्मेका तेन्जिङ विगत १५ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी भेल सहरमा बस्दै आएका छन् । हजुरबुवाको स्वर्गारोहण पछि भने उनी नेपाल आएका थिए । ‘हजुरबुवा लकडाउनबीचै बित्नुभएको थियो । हाम्रो ड्याडीको नेपाल आउन भिसा मिलेन । त्यतिबेला कार एक्सिडेन्टमा परेर मैले दाँत गुमाएको थिएँ,’ उनले भने, ‘स्वास्थ्यकै कारणले मेरो भिसा सजिलै मिल्यो । ड्याडीले नेपाल आउन नपाउँदा असाध्यै चित्त दुखाउनु भयो अनि उहाँको साटो म आएँ ।’

त्यतिबेलासम्म तेन्जिङले हजुरबुवाको नाम र कामको महत्व एवम् गरिमा दुबै बुझेका थिएनन् । उनलाई हजुरबुवा प्रख्यात छन् भन्ने थाहा थियो तर के कामले र कस्तो प्रकारले प्रख्यात भन्ने अड्कलसम्म थिएन । तेन्जिङका बुवा छेवाङ दोर्जेले पनि ६ पटक सगरमाथा आरोहण गरिसकेका छन् भने दोलखाको रोल्वालिङमा जन्मेकी उनकी आमा पासाङ फुटी शेर्पा टासी लाप्चा पासमा भारी बोकेर ओहोरदोहोर गर्थिन् । अझ उनका मावली मामाहरु सबै, सगरमाथालगायतका थुप्रै हिमाल दर्जनौंपटक आरोहण गरिसकेका कीर्तिमानी आरोही हुन् । आरोहीहरुको बीच जन्मेर पनि तेन्जिङ भने आरोहण, हिमाली जनजीवन र त्यहाँको दुःखका बारे अनभिज्ञ थिए ।

सुरु–सुरुमा तेन्जिङ सबैले गोरखा दक्षिण बाहुको नाती भनेर बोलाउँदा अप्ठ्यारो मान्थे । जब तत्कालिन राजा विरेन्द्र वीर विक्रम शाहदेवद्वारा गोरखादक्षिण बाहु र त्रिशक्तिपट्टजस्तो गरिमामय विभूषणबाट सम्मानित एक मात्र आरोही उनकै हजुरबुवा भएको बुझे । उनको छाती गर्वले फुल्थ्यो ।

गत वर्ष नेपाल आएका तेन्जिङले आफ्ना हजुरबुवा, बुबा र आमाले कर्म गरेको बाटो पछ्याउने निधो गरे र जीवनमै पहिलोपटक ट्रेकिङ गर्दै आफ्नो पुख्र्यौली घर गाउँ हिलाजुङ पुगे । मामाघर रोल्वालिङ उपत्यकाको अन्तिम मानववस्ती ना गाउँ (४२००मि.), छुगिमा (४९२० मि.) जाबो–डेभिड लामा बिवाक (५०५० मि.), टासी लाप्चा (५७५५ मि.), थेंबो (४२३० मि.), थामे (३८०० मि.) र नाम्चे (३७५० मि.) हुँदै उनले आफ्नो गाउँ हिलाजुङ (२७०० मि.) को अत्यन्तै कठिन यात्रा पूरा गर्दा उनले हजुरबुवा बारे थुप्रै रोचक कथाकहानीहरु सुने । काकाहरुले हजुरबुवा आङरिता शेर्पा त्यतिबेलाका नामुद बलियो शेर्पा भएको र एकैदिनमा हिलाजुङस्थित घरबाट सगरमाथा आधारशिविर पुगेको कुरा सुनाए । साथै, कञ्चनजंघा एकपटक, चोयु ४ पटक तथा धौलागिरी ४ पटक गरी हरेक हिमाल बिना अक्सिजन नै आरोहण गरेकाजस्ता अपत्यारिला आरोहणका कथा सुन्दा उनलाई सगरमाथा आधारशिविरसम्म यात्रा गर्ने हुटहुटी चल्यो ।

सुरु–सुरुमा तेन्जिङ सबैले गोरखा दक्षिण बाहुको नाती भनेर बोलाउँदा अप्ठ्यारो मान्थे । जब तत्कालिन राजा विरेन्द्र वीर विक्रम शाहदेवद्वारा गोरखादक्षिण बाहु र त्रिशक्तिपट्टजस्तो गरिमामय विभूषणबाट सम्मानित एक मात्र आरोही उनकै हजुरबुवा भएको बुझे । उनको छाती गर्वले फुल्थ्यो । हिलाजुङबाट डिङबोचे (४४१० मि.), गोरकशेप (५१६४ मि.) हुँदै सगरमाथा आधार शिविर (५३५० मि.) सम्म पुग्दा त्यहाँको जनजीवन र हिमाली सौन्दर्यले मन्त्रमुग्ध भइसकेका थिए उनी । बाटोमा हिंड्ने बटुवा, भरिया, कुल्लीदेखि अग्रज स्वदेशी विदेशी आरोहीहरुले आफ्ना हजुरबुवालाई सम्मान गरेको र सबैले उनलाई हिउँचितुवाको नाती भनेर माया गर्दा हजुरबुवाप्रतिको अपार माया र असीमित सम्मानले उनको मन मस्तिष्क पूरै निथ्रुक्क भिजिसकेको थियो ।

अहिले तेन्जिङ जाङ्बु शेर्पा २०२२ को वसन्त ऋतुमा सगरमाथा आरोहणार्थ आर्थिक सहयोग संकलन गर्दैछन् । उनले सहयोगका निम्ति देशविदेशमा रहेका हिमालप्रेमी सबै जनमनसमक्ष आह्वान पनि गरेका छन् ।

सगरमाथाको काखमा जन्मे–हुर्केका सगरमाथामै कर्म गरेर गरिबीबाट माथि उठेका विश्वचर्चित उनका हजुरबुवा आङरिताबाट उनी यतिधेरै प्रभावित थिए कि अन्ततः उनले हजुरबुवाको सम्मानमा सगरमाथा आरोहण गर्ने निर्णय गरे । ‘हजुरबुवाको आत्मा सगरमाथामै छ जस्तो लाग्छ । सगरमाथाको टुप्पोबाट हजुरबुवालाई अन्तिम बिदाइ गर्नेछु,’ उनी भन्छन्, ‘एउटा आरोही हजुरबुबाका लागि नातीले माया पोख्ने बाटो यही हो जस्तो लाग्छ । सायद यही नै मेरो श्रद्धान्जली हुनेछ ।’

अहिले तेन्जिङ जाङ्बु शेर्पा २०२२ को वसन्त ऋतुमा सगरमाथा आरोहणार्थ आर्थिक सहयोग संकलन गर्दैछन् । उनले सहयोगका निम्ति देशविदेशमा रहेका हिमालप्रेमी सबै जनमनसमक्ष आह्वान पनि गरेका छन् । उनको तीनओटा मुख्य लक्ष्यमध्ये हजुरबुवाको सम्मानमा सगरमाथा आरोहण गर्नु, आरोहणलाई डकुमेन्टेसन गर्नु र हजुरबुबाको सम्झनामा उहाँको जन्मस्थलमा संग्रहालय निर्माण गर्नु रहेका छन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।