English

चुकाउनी यसरी बनाउनुहोस्



पाल्पाको चर्चित रैथाने खाना हो चुकाउनी । अचार परिकारमा पर्ने यो आलु र दहीको मिश्रणबाट बनाइन्छ । भात, रोटी, चिउरासँग खान यो मीठो हुन्छ । साथै, चुकाउनी मात्र पनि खाना सकिन्छ ।

आवश्यक सामग्री

–उसिनेको आलु र दहीको मात्र बराबरी हुने गरी लिने
–प्याज आवश्यकता अनुसार
–हरियो खुर्सानी स्वाद अनुसार
–धनियाँ स्वाद अनुसार
–कागती स्वाद अनुसार
–भुटेको तोरीको पाउडर
–तेल, नुन, मेथी, बेसार स्वाद अनुसार
–पकाउने भाँडा

बनाउने विधि

टुक्रा–टुक्रा बनाइएको उसिनेको आलु, दही, प्याज, हरियो खुर्सानी, तोरीको धुलो र नुन एउटा भाँडामा राख्नुहोस् । चुलोमा प्यान राख्नुहोस् र तेलमा मेथी अनि सुकेको खुर्सानी पड्काउनुहोस् । मेथी र सुकेको खुर्सानी खैरो भैसकेपछि बेसार राख्नुहोस् र झान्नुहोस्् । सबैको मिश्रण मिलाउनुहोस् । अब चुकाउनी खानलाई तयार भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested