English

चुकाउनी यसरी बनाउनुहोस्



पाल्पाको चर्चित रैथाने खाना हो चुकाउनी । अचार परिकारमा पर्ने यो आलु र दहीको मिश्रणबाट बनाइन्छ । भात, रोटी, चिउरासँग खान यो मीठो हुन्छ । साथै, चुकाउनी मात्र पनि खाना सकिन्छ ।

आवश्यक सामग्री

–उसिनेको आलु र दहीको मात्र बराबरी हुने गरी लिने
–प्याज आवश्यकता अनुसार
–हरियो खुर्सानी स्वाद अनुसार
–धनियाँ स्वाद अनुसार
–कागती स्वाद अनुसार
–भुटेको तोरीको पाउडर
–तेल, नुन, मेथी, बेसार स्वाद अनुसार
–पकाउने भाँडा

बनाउने विधि

टुक्रा–टुक्रा बनाइएको उसिनेको आलु, दही, प्याज, हरियो खुर्सानी, तोरीको धुलो र नुन एउटा भाँडामा राख्नुहोस् । चुलोमा प्यान राख्नुहोस् र तेलमा मेथी अनि सुकेको खुर्सानी पड्काउनुहोस् । मेथी र सुकेको खुर्सानी खैरो भैसकेपछि बेसार राख्नुहोस् र झान्नुहोस्् । सबैको मिश्रण मिलाउनुहोस् । अब चुकाउनी खानलाई तयार भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले