English

सेयर बजारमा हरियाली



साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंकले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।

सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो ।

बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ । बुधबार १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा बिहीबार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर ९।९७ प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य ९।९६ प्रतिशतले बढेको छ ।

बुधबार सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको सपोर्ट लघुवित्तको सेयरमूल्य भने ३.२८ प्रतिशतले गिरावट भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested