English

सेयर बजारमा सामान्य अंकको गिरावट



साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०।६८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये श्वेतगंगा हाइड्रोपावर, मंदाकीनी हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत् कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी र सपोर्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested