English

सेयर बजारमा गिरावट



लगातार पाँच कारोबार दिन घटेर सोमबार बढेको सेयर बजार मंगलबार पुनः घटेको छ । गत साताबाट लगातार घटेको नेप्से आइतबारसम्म लगातार पाँच दिन घटेको थियो । तर, सोमबार भने ५५.८८ अंकले बढेको नेप्से मंगलबार नै पुनः घटेको हो ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से २४.८३ अंकले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिमा घटेर बन्द भएको हो । आज नेप्सेसँगै सबै उपसूचक घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७३ करोडको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ४० करोड ८२ लाख ४८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५३ हजारको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य बढ्दा ४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested