English

इन्धनको मूल्य बढेको बढ्यै

सार्वजनिक यातायात र एम्बुलेन्सको भाडा बढ्न सक्ने




नेपालमा यतिबेला इन्धनको भाउ आकाशिएको छ । नेपाल आयल निगमले २०७७ साउनदेखि हालसम्म १३ पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिसकेको छ । ०७७ असोजमा पेट्रोलको मूल्य १ सय ७ र डिजेलको मूल्य ९० रुपैयाँ थियो । मंसिर मसान्तदेखि भने निरन्तर उकालो लागिरहेको पेट्रोलको मूल्य हाल १ सय २१ र डिजेलको १ सय ४ रुपैयाँ कायम भएको छ ।

२३ चैतमा पेट्रोलको मूल्य १ सय २० र डिजेलको मूल्य १ सय ३ समायोजन गरिएकोमा निगमले अर्धमासिक रूपमा ८८ करोड ४ लाख घाटा भएको भन्दै ४ वैशाखमा पुनः मूल्य समायोजन गरेको हो ।

किन बढ्छ पटक–पटक ?

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको र भारतीय आयल कर्पोरेशनको मूल्य सूची निरन्तर बढेर आएकाले नेपालमा पनि यसको असर देखिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । ‘निगमले यतिबेला घाटा बेहोरिरहेको छ,’ उपाध्याय भन्छन्, ‘हाल प्रति लिटर पेट्रोलमा ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । निगमलाई समग्रमा ७० करोड ६६ लाख रुपैयाँ घाटा छ ।’

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको र भारतीय आयल कर्पोरेशनको मूल्य सूची निरन्तर बढेर आएकाले नेपालमा पनि यसको असर देखिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

सार्वजनिक यातायातमा प्रभाव

निगमले घाटा भएको भन्दै पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा देखिने भएको छ । यसरी नियमित इन्धनको भाउ बढ्दा यातायात व्यावसायीहरू मर्कामा पर्ने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘कोभिडका कारण सार्वजनिक यातायात व्यवसायी उत्तिकै मारमा परिरहेका छन्,’ उनले भने, ‘फेरि पटक पटक इन्धनको भाउ बढ्दा पनि यिनै व्यवसायी मारमा छन् ।’

त्यसैले, सार्वजनिक यातायातको भाडा समायोजन गर्नतर्फ सरकारले चासो देखाउनुपर्ने उनको माग छ । सरकारले २०६५ सालमा सार्वजनिक यातायातमा कर, भन्सार, मर्मत, कर्मचारी तलबलगायत गरी बजारको मूल्यका लागि भनेर भाडाको वैज्ञानिक ढाँचा बनाएको थियो । यद्यपि २०६९ सालदेखि सो भाडा समायोजन नभएको सिटौला बताउँछन् । त्यस यता भएको मूल्य वृद्धि, कोभिड–१९ को महामारी र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातको भाडा बढाउनै पर्ने उनको तर्क छ । ‘कोभिड महामारी, बढ्दो बजार मूल्य र पटक–पटक तेलको मूल्यमा वृद्धि हुँदा पनि सार्वजनिक यातायातको भाडा समायोजन नहुने हो भने यो मुलुकमा सार्वजनिक सवारी साधन चल्न सक्दैन,’ उनले भने ।

यसैगरी, इन्धनको मूल्य बढ्दाको असर राइड सेयरिङ एपमा पनि पर्न सक्ने सरोकारवालाहरू बताउँछन् । यद्यपि यी एपहरूले भने अहिले नै भाडा बढाउने पक्षमा छैनन् । तर, यसरी नै पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएमा भने भाडामा हेरफेर हुन सक्ने पठाओका नेपाल प्रमुख असिममानसिंह बस्नेत बताउँछन् ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘कोभिड महामारी, बढ्दो बजार मूल्य र पटक–पटक तेलको मूल्यमा वृद्धि हुँदा पनि सार्वजनिक यातायातको भाडा समायोजन नहुने हो भने सार्वजनिक सवारी साधन चल्न सक्दैन ।’

एम्बुलेन्सको भाडा बढाउन माग

इन्धनको मूल्य बढेसँगै एम्बुलेन्सको पनि भाडा बढ्न सक्ने संकेत देखिएको छ । संयुक्त एम्बुलेन्स चालक संघका महासचिव मुक्ति काफ्ले इन्धनको भाउ दिनानुदिन बढ्दा एम्बुलेन्सको पनि भाडा बढ्नुपर्ने बताउँछन् । तर, उनीहरूले हालसम्म भाडा बढाउने कुनै निर्णय गरेका छैनन् । सरकारले यसरी नै अपारदर्शी ढंगले मूल्य बढाउँदै जाँदा एम्बुलेन्सको भाडा बढ्न सक्ने उनको भनाइ छ । ‘अहिले देशले कोरोनाको महामारी खेपिरहेको छ । यसमा हामी एम्बुलेन्स चालकहरूले सक्दो सहयोग गरिरहेका छौं,’ काफ्ले भन्छन्, ‘पटक–पटक इन्धनको भाडा बढ्दा हामी एम्बुलेन्स चालकहरूको मर्का सरकारले बुझोस् ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,