English

भैरहवा पुग्यो बृक्षारोपण महाअभियान



‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’ अन्तरगत शनिवार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ र १२ मा हिरोसिमाको आधिकारिक फुल ओलियन्डर (कनेरा) को १०८ वटा बृक्ष रोपी बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त बृक्षारोपण कार्यक्रममा नेपाली सेना, एसियन फर्मास्युटिकल्स, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकको सहयोग रहेको थियो ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद पुष्पा थरूनी,विशिष्ट अतिथि समाजसेवी शुशिल गुरूङ, सिद्धार्थनगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे, विश्व बन्यजन्तु संरक्षण कोष नेपाल प्रमुख डा. घनश्याम गुरूङ सहभागी रहेका थिए ।

यसैगरी अतिथीमा लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारी, लायन्स क्लब अफ घासी नेपालका अध्यक्ष अरूणा श्रेष्ठ, राइज मिडिया नेटवर्कको तर्फबाट पिंकी श्रेष्ठ, नेपाल स्काउटका आदित्य श्रेष्ठ, समाजसेवी लेखनाथ भट्टराई, समाजसेवी तथा हरित अभियन्ता गोविन्द बन्धु अर्याल, सिद्धार्थनगर रेडक्रसका अध्यक्ष वसन्त लाल कर्ण, सिद्धार्थनगर नगरपालिका वडा नं ७ का सदस्य शुष्मा प्रधान, वडा नं ६ का वडा सदस्य अनिल केसी,नेपाली सेना कालीभक्ति गण (ई) का गणपति मेजर सुवर्ण दुवाल लगायत थुप्रै अतिथिहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

उक्त हरित कार्यक्रमको संचालन मञ्चका महासचिब धिरेन्द्र पन्तले गरेका थिए ।

हिरोसिमामा सन १९४५ अगस्ट ६ देखी ९ सम्म परमाणु बमबाट ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रममा दिवगंत आत्माहरूको चिरशान्तिको कामना पनि गरिएको थियो ।

उक्त बृक्षारोपण कार्यक्रमको मिडिया पार्टनर राइज मिडिया नेटवर्क, न्यूज ओके टेलिभिजन र समता टेलिभिजन रहेको थियो ।

कार्यक्रमलाई लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियम, लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट, लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियम, ग्रिन भ्याली ग्रिन नेपाल, रोटरी क्लब अफ बुटवल साउथ लगायत संस्थाहरूको सहयोग रहेको थियो ।

यस दश लाख बृक्षारोपण तथा संरक्षण अभियानमा नेपाली सेनाको पनि सहयोग रहेको छ ।

मञ्चका महासचिब पन्तका अनुसार आगामी भदौ महिनामा ओखलढुङ्गा र त्यसपछि लुम्बिनी प्रदेशमा बृक्षारोपण र वित्तीय साक्षरता कार्यक्रम गरिने छ ।

यो पनि…
बृक्षारोपण महाअभियान पुग्यो लुम्बिनी
बुटवलमा ‘दश लाख बृक्षारोपण तथा संरक्षण महाअभियान’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested