English

फिल्म नचल्दा आर्थिक संकट झेलेका यी स्टार



कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो कलाकारितामा लोकप्रियता कमाए पनि कुनै समय फिल्मकै कारण चरम आर्थिक संकट परे ।

राज कपुर

राज कपुर बलिउडका प्रभावशाली सुपरस्टारको सूचीमा पर्ने अभिनेता हुन् । उनी अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा उत्तिकै पोख्त थिए । सन् १९७० मा रिलिज उनको फिल्म ‘मेरा नाम जोकर’ बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । यो फिल्म असफल हुँदा उनले करोडौं रुपैंयाँ घाटा व्यहोर्नुपरेको थियो ।

शाहरुख खान

बलिउडका ‘किङ खान’का रूपमा परिचित शाहरुखले आफ्नो करियरमा कैयौं उतारचढावको सामना गर्नुपरेको छ । फिल्म ‘रा।वन’को असफलतापछि उनी ठूलो आर्थिक संकटमा परेका थिए ।

अमिताभ बच्चन

अमिताभ बच्चनले आफ्नो ब्लगमा सन् २००० को घटनाको स्मरण गरेका छन् । ‘सन् २००० मा सारा विश्व नयाँ वर्ष मनाइरहँदा म आफ्नो दुर्भाग्य मनाउँदै थिए । मसँग फिल्म, पैसा र कम्पनी केही थिएन’, उनले लेखेका छन् ।

प्रीति जिन्टा

सन् २००० को प्रारम्भमा अभिनेत्री प्रिती जिन्टा बलिउडमा राम्रै चम्किइन् । सन् २०१३ मा उनले फिल्म ‘इश्क इन पेरिस’ निर्माण गरिन् । जुन बक्स अफिसमा फ्लप साबित भयो । फिल्म फ्लप भएसँगै उनी चरम आर्थिक संकटमा परिन् । यो बेला उनलाई मिल्ने साथी सलमान खानले सहयोग गरेका थिए ।

याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको ‘चट्ट रुमालमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको

गीतकार प्रितम श्रेष्ठले  आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन्। ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ,

हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले

Latest










Popular
Suggested