पुरुषबाट सम्बन्धमा हुने यी गल्ती



यौनलाई आनन्ददायक बनाउन पुरुष र महिला दुबै मानसिक रूपमा स्वस्थ रहनु आवश्यक छ । किनकी यौनसम्बन्ध तनको आवश्यकता मात्र नभएर मनसंग पनि जोडिएको हुन्छ । तर कैयन् अवस्थामा महिला–पुरुष यौनसम्बन्धका बेला एक–अर्काको इच्छा र भावनालाई नबुझी, मात्र औपचारिक रूपमा यो काम पूरा गर्छन् भन्ने नै छ । यस प्रकारको क्रियाकलापले कतिपयको यौनजीवन प्रभावित समेत भएको छ । यौनसम्बन्धका बेला हुने गल्तीहरूमाथि विचार पुर्याइ आफ्नो यौनजीवनलाई रोमाञ्चक र आनन्दमयी यसरी बनाउन सकिन्छ ।

फोरप्ले (पाकक्रिडा)को आनन्द नउठाउनु

प्रायः पुरुषहरू यौनसम्बन्धलाई नियमित काम नै ठानेर हतार–हतारमा पुरा गर्ने प्रयास गर्छन् । तर महिलामा यौनसम्बन्ध राख्नु भन्दा अगाडी पुरुष साथीले केही समय पाकक्रिडा (फोरप्ले) मा बढी समय बिताओस् भन्ने चाहन्छिन् । यौनसम्पर्क राख्नु भन्दा अगाडी महिला साथीलाई चुम्बन गर्नु, अंग स्पर्श गर्नु बढी आनन्ददायक हुन्छ । यदी यौनसम्बन्ध राख्नु भन्दा अगाडी कुनै पनि पुरुषले फोरप्लेमा रुचि देखाउँदैन भने त्यो उसको सबैभन्दा ठूलो यौन गल्ती हुन्छ ।

सम्भव भएसम्म फोरप्लेको समय बढाएर बढीभन्दा बढी आनन्द उठाउने र आफ्नो पार्टनरलाई सुखद यौनसम्पर्कका लागि तयार गराउनु पर्दछ ।

प्रेमपूर्ण कुरा नगर्नु

कैयन् पुरुषहरू आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्नु अगाडी प्रेमपूर्वक कुरा गर्दैनन् । एउटा सफल र सुखमय यौनसम्बन्ध बनाउन आफ्नो पार्टनरसँग प्रेमपूर्वक कुरा गर्नु आवश्यक छ । मनोचिकित्सकहरूका अनुसार शारीरिक सम्बन्ध राख्नुपूर्व प्रेमपूर्वक कुराकानी नगर्दा महिलालाई पुरुषहरूमा यौनसम्बन्धको भोक छ, तर प्रेमको कुनै भावना छैन भन्ने कुराको महसुस हुन्छ ।

यदि प्रेमपूर्ण यौनसम्बन्ध राख्ने हो भने भने आफ्नो पार्टनरसँग सकेसम्म प्रेमपूर्वक रोमान्टिक कुरालाई बढी प्राथमिकता दिनुपर्छ, जसबाट उनको यौनसम्बन्ध प्रतिको लगाव र रोमाञ्चता थाहा पाउन सकिन्छ ।

इच्छा नबुझ्नु

अधिकांश महिलाहरूको यौनको बिषयमा सुनिने गुनासो भनेकै आफ्नो यौनसम्बन्ध राख्ने ईच्छा नै नबुझि पुरुष यौनसम्बन्ध राख्न अग्रसर हुन्छन् नै भन्ने छ । महिलाको यौनसम्बन्ध प्रतिको चाहना नबुझी यो क्रियामा संलग्न हुन खोज्नु पुरुषको गल्ती हो । यौनसम्बन्ध राख्ने मनस्थिती बनाउनु पूर्व महिलाको यौनचाहना बुझेर मात्र पहल गर्नु उचित हुन्छ ।

जबर्जस्ती गर्न खोज्नु

कैयन् महिला यौनसम्बन्धका बेला पुरुषले जबर्जस्ती गर्ने गुनासो गर्छन्, यो कार्यले गर्दा उनीहरु मानसिक रुपमा आहत हुन्छन् । मनोचिकित्सकहरूका अनुसार यौनसम्बन्ध जबर्जस्ती राख्नु गलत व्यवहार हो, यौनसम्बन्ध सधै प्रेमसित जोडिएको हुन्छ । त्यसैले यौनसम्बन्धको प्रारम्भ प्रेमबाटै गर्नुपर्छ ।

प्रत्येक दिन यौन सम्वन्ध राख्न खोज्नु

कोही पुरुष प्रत्येक दिन आफ्नो पार्टनरसँग एकै समयमा एकै स्थानमा यौनसम्बन्ध राख्न चाहन्छन् । महिलाहरू भने प्रेमको अनुभवलाई अलग–अलग तरिका र स्थानमा रहेर लिन चाहन्छन् । अधिकांश पुरुष यो कुरालाई राम्रोसँग बुझ्दैनन् ।

यौनसम्बन्धको आनन्द उठाउन अलग–अलग स्थान र विधि अंगाल्नु उपयुक्त हुन्छ । यौन आसनहरूमा परिवर्तन गर्नुका साथै बेड, सोफा, भुई जस्ता फरक स्थानमा राख्दा रोमाञ्चक हुन्छ । यसले कुनै पनि जोडीलाई यौन जीवनमा नयाँ रोमाञ्चता दिने गर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



...
Vfmsew

rocaltrol for sale rocaltrol oral purchase calcitriol generic

...
सम्बन्ध सुमधुर बनाउन यसो गर्नुहोस् - Mero LifeStyle Mero LifeStyle

[…] पनि सम्बन्धलाई मजबुत बनाउन प्रेमसँगै विश्वास र […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन

सम्बन्धमा एक अर्कालाई समय दिइन्छ, तर व्यस्त जीवनमा मानिसहरूसँग समयको कमी हुन्छ। यस्तो अवस्थामा जब जोडीले एक अर्कालाई समय दिँदैनन्,

चुम्बनले भावनात्मक सम्बन्ध बनाउँछ । चुम्बन प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो । तर कुन चुम्बनको के

Suggested