English

एसईईको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक हुने, ‘नन ग्रेडेड’ लागू नहुने

३५ भन्दा कम अंक ल्याउनेले पनि पाउनेछन् सर्टिफिकेट


माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गर्ने भनेतापनि अन्तिममा पुरानै पद्धति अक्षरांकन (ग्रेडिङ) विधिअनुसार गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रपिधि मन्त्रालय गत २०७८ साल पुष ७ गते उक्त निर्देशिका जारी गरेको थियो । निर्देशिकामा परीक्षार्थीले सैद्धान्तिकतर्फ न्युनतम ३५ र प्रयोगात्मक तर्फ कम्तिमा ४० अंक ल्याउनैपर्ने व्यवस्था गरिएको थियो । सोभन्दा कम आउने विद्यार्थीको नतिजामा अवर्गिकृत अर्थात् नन ग्रेडेड लेखिने र मूल प्रमाणपत्र पनि नदिने व्यवस्था गरिएको थियो ।

खासमा प्राठ्यक्रम प्रारुप २०७६ ले पनि नयाँ पाठ्यक्रम लागू भएपछिमात्र निर्देशिका लागू हुने व्यवस्था छ, प्रारुप अनुसार नै जाने हो भने लेटर ग्रेडिङ प्रणाली २०८० सालबाट लागू हुन पनि सक्छ यदि बोर्डले चाहेको खण्डमा त्यसअघि पनि लागू हुन सक्छ ।

तर, निर्देशिका शैक्षिक सत्रको बीचमा आएकाले शिक्षक, विद्यार्थी, अभिभावकलाई यसबारे राम्रो जानकारी नभएको र कोभिडका कारण पठनपाठन नियमित हुन नसकेको कारण बोर्डले यसपाली अक्षरांकन प्रणालीबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको लागेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले बताए ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले पनि नयाँ पाठ्यक्रम लागू भएपछिमात्र निर्देशिका लागू हुने व्यवस्था गरेकाले अब सोही अनुसार सक्ने रायामाझीले प्रष्ट पारे । ‘खासमा प्राठ्यक्रम प्रारुप २०७६ ले पनि नयाँ पाठ्यक्रम लागू भएपछिमात्र निर्देशिका लागू हुने व्यवस्था छ,’ उनले भने, ‘प्रारुप अनुसार नै जाने हो भने लेटर ग्रेडिङ प्रणाली २०८० सालबाट लागू हुन पनि सक्छ यदि बोर्डले चाहेको खण्डमा त्यसअघि पनि लागू हुन सक्छ ।’

विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गर्थे, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो ।

यसवर्षको एसईई परीक्षा नतिजा बोर्डले आज(बुधबार) सार्वजनिक गर्दैछ । विगतका तुलनामा यसवर्ष नतिजालाई त्रुटीरहित बनाउने प्रयास गरिएको रायामाझीले बताए । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गर्थे,’ उनले भने, ‘त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो ।’

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।

यो पनि
एसईई परीक्षा : कुन विषयको कहिले ? [तालिका]
एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म, ५ लाख बढी विद्यार्थी सामेल हुँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,